पढ्न करिब 2 मिनेट लाग्छ

चैत २२, सर्लाही । मदिरामा लट्ठीएका प्रहरी निरीक्षक सहितको टोलिले बिहिबार सर्लाहीको नवलपुर बजारमा एकजना ट्रक चालकलाई निर्घात कुटपिट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाही मलङ्गवाको मुध्दा फाँटमा कार्यरत प्रहरी निरिक्षक कुन्दन देव सहितको टोलिले ना ७ ख ८७४ नम्बरको ट्रकका चालक नीलहरी पौडेललाई कुटपिट गरेका हुन । कुटपिटबाट घाईते भएका पौडेलको शरिरको बिभिन्न भागमा चोट लागेको छ भने नीलडाम पनि जताततै रहेको छ । अपराधिक घटनामा पक्राउ परेका ब्यक्तिको अनुसन्धान गर्ने, शान्ति सुरक्षा कायम गर्ने जिम्मेबारी बोकेका प्रहरी निरिक्षक कुन्दन देबबाट एकजना ट्रक चालकलाई बीच बजारमा सयौ मानिसको सामुन्ने कुटपिट गरिएको हो । कानुनी राज्य, बिधिको शासन र मानबअधिकारको ठाडो उल्लघन गर्दै प्रहरी निरिक्षक देबले चालक कुटेका हुन ।

ट्रक चालक कुटिएको बिरोधमा सर्लाहीको नवलपुरमा दुई घण्टा चक्काजाम भएको थियो । प्रहरीले बल प्रयोग गरेर चक्काजाम खुलाएपनि मजदुर र स्थानीयले दोषि प्रहरी निरिक्षकलाई कारबाहीको माग राखेका छन् । प्रहरी उपरिक्षक मसाउद आलम खाले उपचारको लागि चालक पौडेललाई लालबन्दिको अस्पतलामा पुर्याएका थिए । उनी उपचार पछि घर फर्किएको प्रहरी स्रोतले जनाएको छ ।

चालक पौडेललाई प्रहरी निरीक्षक देवले साचोमा प्रयोग गरेको डोरीले हिर्काएको प्रहरी स्रोतले जनायो । भन्सार राजश्व नतिरिकनै भारतीय नम्बर प्लेटको जीप चढेका प्रहरी निरिक्षक देवले मदिरा पिएर मातिएको अबस्थामा रहेको स्थानीयको दाबी रहेको छ । चालक पौडेललाई कुटपिट गरेपछि आफु चढेको जीप समेत प्रहरी निरिक्षक देवले लुकाउन लगाएको स्थानीयले बताएका छन् । सर्लाहीको नवलपुर बजारमा डयुटीमा रहेका प्रहरी टोलि सहित प्रहरी निरिक्षक देवले ट्रक चालक पौडेललाई निर्घात कुटपिट गरिरहँदा स्थानीय बासिन्दा अचम्मित भएका थिए ।