2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्य कालीगण्डकी निर्माणको तयारी

चैत २७, बाबियाचौर (रासस) | म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । 

हाइड्रो सपोर्ट प्रालि काठमाडौँले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार पार्नका लागि आयोजनाले सोमबार अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सार्वजनिक सुनुवाइ गरेको थियो । 

अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युत्गृह सोही पालिकाको २ नम्बर वडामा पर्ने ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको जानकारी गराइएको थियो । चार हजार १०० मिटर सुरुङ रहने आयोजनाको विद्युत्गृहदेखि फोरबेको उचाइ ११५ मिटर हुने जनाइएको छ ।

प्रतिवेदन तयार पारेर स्वीकृत भएपछि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरी विद्युत् विकास विभागले पूर्वाधार निर्माणको अनुमति दिने प्रक्रिया रहेको छ । लगानीको स्रोत जुटाएर आगामी डेढ वर्षभित्रमा पूर्वाधार निर्माणको चरणमा प्रवेश गर्ने तयारी भएको आयोजनाका प्रमुख चन्द्र ढकालले बताउनुभयो । 

ढकालले करीब रु १२ अर्ब लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकको रुपमा लगानीका लागि प्रभावित क्षेत्रका लगानीकर्तालाई समेत आह्वान गर्नुभएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई पब्लिक शेयरको समेत सुविधा दिइने भएको छ । 

सार्वजनिक सुनुवाइमा सहभागीले कालीगण्डकी किनारमा अवस्थित पर्यटकीय महत्वको तातोपानी कुण्डलाई असर नपुग्ने गरी आयोजना निर्माण गर्न सुझाव दिएका वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो । भूगर्भविद्ले गरेको अध्ययनअनुसार जलविद्युत् आयोजना बनाउँदा तातोपानीको मुहानलाई असर नगर्ने जानकारी गराइएको थियो । अन्नपूर्ण गाउँपालिकामा हाल पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । 

४ नम्बर वडामा पर्ने नारच्याङमा ४२ मेगावाटको नीलगिरि र ६२ मेगावाटको नीलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माणका लागि सडक निर्माणको काम भइरहेको छ । ३ नम्बर वडा दानामा सव स्टेशन र त्यहाँदेखि पर्वतको कुश्मासम्म विद्युत् प्रशारण लाइन निर्माणको काम तीव्ररुपमा अघि बढेको छ । प्रशारण लाइन र सवस्टेशन निर्माणसँगै जलविद्युत् आयोजना निर्माण कार्यले तीव्रता पाएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई