२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साना अनुदान परियोजनाको ९० लाख रुपैयाँअनियमिता

२०७४, २७ चैत्र मंगलवार १५:२८

चैत २७, कालिकोट |  जिल्ला पशु सेवा कार्यालय कालिकोद्धारा सञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनाको ९० लाखमा अनियमिता भएको पाइएको छ ।नेपाल सरकार जिल्ला पशु सेवा कार्यालय कालिकोटले सञ्चालन गरेको आयोजनाले २०७४/०७५ को स्वीकृत प्रस्तावमा वास्तविक किसान नदिएर नक्कली किसानहरुलाई रकम दिएर ९० लाख रुपैयाँ अनियमिता गरेको हो ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख,लेखापाल र नक्कली किसानहरु मिलेर आयोजना रकम अनियमिता गरेको पाईएको हो ।अनियमिता गर्नेमा निर्वाचित वडाध्यक्ष, व्यापारी र राजनीतिकर्मीहरुको समेत मिलेमतो भएको पाइएको छ ।तिन लाखसम्म अनुदान पाउने साना किसानहरुको जिल्ला पशु सेवा कार्यालयका कर्मचारी १५ हजार कन्टल्जेन्सी भनेर लगेको २ लाख ७५ हजारसम्म अनुदान पाउनेबाट १३ हजार ७ सय ७५ हजारसम्म रुपैयाँ कृषि कार्यालयका कर्मचारीले काटेको एक सहकारीका अध्यक्षले बताए । ‘किसानहरुलाई व्यवसायीकरण गर्न अनुदान दिएको पैसामा कन्टल्जेन्सी नकाट्नु पर्ने हो’ उनले भने,‘कति त नक्कली किसानहरुलाई समेत अनुदान दिएको छ ।’

जिल्लाका ३३ वटा समूह सहकारी अनुदान दिइएको रकममा ३२ वटा समूहबाट १३ हजार ७ सय ७५ हजारसम्म ४ लाख ४० हजार र १ समूहबाट १५ हजार रुपैयाँ समूहबाट पशु सेवा कार्यालयबाट उठाइएको पाइएको छ ।अनुदान लिनेहरुले अनुदानको रकम लगेको भएपनि व्यवसाय सञ्चालन गरेका छैनन् । जिल्ला पशु सेवा कार्यालय प्रमुख ब्रजकिशोर ठाकुर सरुवा भएपनि जिल्लामै फोन सम्पर्क नहुने गरी बसेका छन भने, निमित्त प्रमुख पूर्ण गिरीलाई सम्पर्क गर्न खोज्दा फोन उठाउदैनन् ।

वास्तविक किसानहरुलाई दिनुपर्ने अनुदान रकम कुखुरापालन समूहलाई डेरी सञ्चालन गर्न समेत अनुदान दिइएको छ ।आफुले व्यवसाय सञ्चालन गर्नका लागि अनुदान लगेको भएपनि व्यवसाय सञ्चालन गर्न नसकिएको नरहरीनाथ गाउँपालिका–८ अनिलकुमार बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते