प्रभात सुवेदी । चैत्र ३०, बर्दिया ।

नेपालमा पहिलो पटक सरकारी स्तरबाट हुन लागेको आर्थिक गणना अन्तर्गत आम नागरिक तथा सम्बद्ध निकाय तथा विभिन्न प्रतिष्ठानहरुलाई आफ्ना आर्थिक क्रियाकलापहरुको सत्यतथ्य तथ्याङ्क दिनका लागि अनुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । चैत्र ३०, बर्दिया ।

नेपालमा पहिलो पटक सरकारी स्तरबाट हुन लागेको आर्थिक गणना अन्तर्गत आम नागरिक तथा सम्बद्ध निकाय तथा विभिन्न प्रतिष्ठानहरुलाई आफ्ना आर्थिक क्रियाकलापहरुको सत्यतथ्य तथ्याङ्क दिनका लागि अनुर"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नडराइकन दिनुस् !

३० चैत्र २०७४, शुक्रबार १५:२३

प्रभात सुवेदी । चैत्र ३०, बर्दिया ।

नेपालमा पहिलो पटक सरकारी स्तरबाट हुन लागेको आर्थिक गणना अन्तर्गत आम नागरिक तथा सम्बद्ध निकाय तथा विभिन्न प्रतिष्ठानहरुलाई आफ्ना आर्थिक क्रियाकलापहरुको सत्यतथ्य तथ्याङ्क दिनका लागि अनुरोध गरिएको छ ।


नयाँ वर्ष २०७५ सँगै बैशाख १ गतेदेखि शुरु हुन लागेको राष्ट्रव्यापी आर्थिक गणना कार्यक्रमलाई सफल पार्नका लागि जिल्ला आर्थिक गणना कार्यालय बर्दियाले आज जिल्ला समन्वय समति बर्दियाको सभाहलमा आयोजना गरेको जिल्लास्तरीय सचेतनामूलक कार्यक्रममा सहभागी वक्ताहरुले यो कुरामा जोड दिएका थिए ।

जिल्ला समन्वय समितिका उपाध्यक्ष मान बहादुर विष्टको प्रमुख आतित्थ्यता तथा आर्थिक गणना समन्वय समितिका जिल्ला अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकृत नन्दलाल कुर्मी ले नेपालमा पहिलो पटक हुन लागेको आर्थिक गणनाका विषयमा जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रका सन्दर्भमा उपस्थित व्यक्तित्वहरुबाट विभिन्न जिज्ञासाहरु राखिएको थियो । 

कार्यक्रममा बोल्नुहुँदै गैर सरकारी संस्था महासंघ बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिनाले  यो राष्ट्रिय कार्यक्रम भएकोले पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभएको थियो भने बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले देशको आर्थिक योजना निर्माणका लगि आर्थिक गणना महत्वपूर्ण हुने भएकोले सबैले सत्य तथ्य विवरण दिनुपर्नेमा जोड दिनुभएको थियो । 

यसैगरी नेकपा एमाले जिल्ला अध्यक्ष हरि ज्ञवालीले अब स्थानीय सरकार बनेर गाउँ गाउँमा अधिकार पुगिसकेकाले यस कार्यका लागि स्थानीय स्तरमा नै समन्वय गरेर गणक, सुपेरिवेक्षक तथा अन्य सम्बद्ध कर्मचारीहरुले इमान्दारी तथा जिम्मेवारी भएर काम गर्नु पर्ने बताउनुभयो ।

 

यसैगरी प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपाध्यक्ष मान बहादुर विष्टले यस प्रकारका कार्यक्रमहरुमा स्थानीय निकायहरु र जिल्ला समन्वय समितिसँग दरिलो रुपमा समन्वय गरेर गरेमा सफल हुने कुरा बताउनुभयो । 

यसैगरी सभाध्यक्ष, प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष नारायण प्रसाद भट्टराईले आर्थिक गणनाका हरेक तत्थ्यहरु एकमुष्ठ प्रशोधन भई सार्वजनिक हुने हुनाले यसबाट कुनै पनि व्यक्ति विशेषलाई असर नपर्ने र गोपनियता कायम हुने । यो कार्य कुनै कर प्रयोजनका लागि नभएर योजना र जनताकै पीर मर्काहरुको सम्बोधनका लागि भएको बताउनुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला आर्थिक गणना कार्यालयका सुपेरिवेक्षक प्रेम बहादुर डाँगीले राख्नुभएको थियो ।

बर्दिया जिल्लामा आर्थिक गणना कार्यका लागि जिल्लाका ७५ ओटा वडाहरुमा ७४ जना गणकहरु खटाइसकिएको र सबै गणकहरु आवश्यक सम्पूर्ण संसाधनका साथ खटिइसकेको जानकारी गराइएको थियो ।  

कार्यक्रममा उद्योगी, व्यावसायी, शिक्षक, कर्मचारी, सञ्चारकर्मीहरु, जनप्रतिनिधीहरु, राजनैतिक व्यक्तित्वहरु, विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता