४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पचाल झरना चिनाउन महोत्सव

२ बैशाख २०७५, आईतवार १६:५५

बैशाख २, कालिकोट । नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै पचालझरना साँस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ । एसियाकै अग्लो दाबी गरिएको ३ सय ८१ मिटर अग्लो झरनाको विश्वमै पहिचान गराउन प्रचार प्रसार गर्ने उद्देश्यका साथ पचालझरना साँस्कृतिक तथा पर्यटन महोत्सवको आयोजना गरिएको हो ।

पचालझरना गाउँपालिकाले महोत्सवमा पचाल झरनाको प्रचार–प्रसार र यहाँको चिनारी दिने उद्देश्यका साथ प्रधामन्त्री केपीशर्मा ओलीद्धारा उद्घाटन हुने भनेर आयोजना गरेको उक्त महोत्सव प्रधानमन्त्री ओली रारा पर्यटन बर्ष २०७५ उद्घाटन गरी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो सिनेट बस्ने हुँदा समय अभावका कारण कालिकोट नआएपछि कालिकोट जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद दुर्गवहादुर रावत र राष्ट्रिय सभा सदस्य जीवन बुढाले उद्घाटन गरेका छन् ।

कर्णाली प्रदेश सरकारले कर्णाली–रारा पर्यटन बर्षसंगै कालिकोटको पचालझरना गाउँपालिकाले पर्यटन बर्षभित्र नै पचालझरनाको प्रचार लागि महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । ‘प्रदेश सरकारले कर्णाली पर्यटन बर्ष घोषणा गरेको छ’ गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले भनिन्, ‘पर्यटन बर्षलाई सफल पार्नका लागि पचालझरना महोत्सवको आयोजना गरिएको हो ।’महोत्सवमा करिब २० हजार मानिसहरुले पचालझरनाको अवलोकन गराउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले एसियाकै अग्लो पचालझरनाको बारेमा विश्वभर प्रचार पनि यसै अवधिमा गरिने बताईन् । महोत्सवमा स्थानीय खानाका परिकार, भेषभुषा, कला साहित्यहरु प्रर्दशनी गरिने गाउँपालिकाले जनाएको छ । पचालझरनाको अहिलेसम्म औपचारिक नाप लिइएको थिएन् । तर, स्थानीय तह बनेसँगै पचालझरना गाउँपालिकाको पहलमा नाप लिए पछि पचालझरना एसियाकै सबै भन्दा अग्लो भएको दाबी गाँउपालिकाले गरेको छ ।

पचालझरनाको वास्तविक उचाई ३ सय ८१ मिटर रहेको पाइएको छ । ‘यस अघि नेपालको सबै भन्दा अग्लो मानिएको तेह्रथुमको हृयातुङ झरनाको उचाई ३ सय ६५ मिटर मात्र छ । तर, हृयातुङ भन्दा पचालझरनाको उचाई १६ मिटर बढी अग्लो पाइएको हो । वास्तविक उचाई पत्ता लागेसँगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ । साविकको राम्नाकोट गाविसको खादु्रस्थित पचाल देवताका नामले चिनिएको उक्त झरनाको पुरानो स्थानीय नाम भुतिनी छहरा हो ।

स्थानीय बुद्धिजीवी तुलाराज कठायतले पहिले यो झरनामा राक्षस बस्ने गरेको र पछि पचाल देवताले राक्षसलाई भगाएर आफु बस्नथाले पछि पचालझरना भनी नामाकरण भएको बताए । महोत्सवमा बिभिन्न साँस्कृतिक झाकीहरु सहित गाउपालिका भरीका पञ्चेवाजाहरु सयुक्त रुपमा बजाउने, स्थानीय हुड्के नाच, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको पनि प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता