४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पन्ध्र दिनभित्र सबै राजमार्ग मर्मत गरिने, नगरे कर्मचारीहरुलाई कारबाही

२ बैशाख २०७५, आईतवार १७:४५

बैशाख २, पर्सा (रासस) | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताउनुभएको छ । 

मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै राजमार्ग तथा सहायक राजमार्गको मर्मत पूरा गर्न सम्बन्धित कार्यालयलाई जिम्मा लगाइएको बताउनुभयो ।


आवाज एफएफको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महासेठले वैशाख १५ गतेभित्र राजमार्गको काम पूरा नभए सम्बन्धित क्षेत्रका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो । उहाँले वीरगञ्जको अलौमा निर्माण भएको एकीकृत जाँच चौकी (आइसिपी) डेढ महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन हुने दाबी गर्नुभयो । आइसिपी अगाडिको ७०० मिटर सडकमा परेको जग्गाका लागि रु ९२ करोड मुआब्जा छुट्याएको र आउँदो दुई महिनाभित्र सडक निर्माण पूरा भएपछि आइसिपी पूर्ण क्षमतामा सञ्चालन हुने उहाँको भनाइ थियो । 

मन्त्री महासेठले उद्घाटन भएर पनि ७४० मिटर सडक निर्माण पूरा नभएका कारण दैनिक करोडाँैको राजश्व गुमाउनुपरेकाले मुआब्जाको विवादलाई सक्दो चाँडो समाधान गरी सडक निर्माणलाई पूरा गर्न सडक विभागका महानिर्देशकलाई निर्देशन दिएको बताउनुभयो । उहाँले वर्तमान सरकार प्रदेश नं २ को पूर्वाधार विकासप्रति गम्भीर रहेको बताउनुभयो । 

आवाज एफएमका अध्यक्ष श्याम बञ्जराको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सव कार्यक्रममा प्रदेश नं २ का विधायक ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, पूर्वसांसद विचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारुलगायतले पूर्वाधार विकासका क्रममा निकै पछि परेको प्रदेश नं २ को विकासका लागि संघीय सरकारले पर्याप्त रकम विनियोजन गर्न माग गरेका थिए । (तस्वीर उपलब्ध छ)  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता