2026-08-29 07:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भेरी–बबई डाइभर्सन आयोजना: पाँच महिनामा ३५ सय मिटर सुरुङ्ग

बैशाख ३, सुर्खेत | राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कामले तीव्रता पाएको छ । नेपालमा पहिलो पटक प्रयोगस्वरूप भित्र्याइएको टनेल बोरिङ्ग मेसिन (टीवीएम) मार्फत आयोजनाले काम सुरु गरेपछि निर्माण कार्यले तीब्रता लिएको हो ।पाँच महिनाको अवधिमा तीन हजार पाँचसय मिटर सुरुङ खनिएको छ ।

सामान्य मेसिनरी गडबडीबाहेक टीवीएममा कुनै समस्या नभएकाले सुरुङ खन्ने काम सहज भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्मागत खनालले जानकारी दिए । मेसिनको प्रयोगबाट आयोजनाको सुरुङ खन्ने काम द्रुत गतिमा अघि बढेको पनि खनालले बताए । सन् २०२० मार्चसम्म सम्पन्न गरिसक्नुपर्ने आयोजनाको सुरुङ निर्माण २ वर्षसम्म सकिने छ । ‘टीवीएममार्फत दैनिक औसतमा २५ मिटर सुरुङ खन्ने काम भइरहेको छ’ खनालले भने, ‘आयोजनाको २ वर्षमा भेरीबबई डाइभर्सनको १२ किलोमिटर सुरुङ खन्ने लक्ष्य रहेको छ ।’

तश्विरमा: सुर्खेतको हात्तीखालस्थित टनेल बोरिङ्ग मेसिनमार्फत खनिएको आयोजनाको सुरुङ । 

आयोजनाले सुरुङका साथै भेरीको मुहानतर्फ डाइभर्सन हेडवर्क, सुरुङ वारपार ब्यारेज र बबई नदीतर्फ पावरहाउस निर्माणका आगामी आर्थिक वर्ष २०७५/०७६ गर्ने गरी डिजाइन अध्यावधिक भइरहेको खनालले जानकारी दिए । आयोजनाको सवै काम ५ वर्षभित्र सकिनेछ । कुल १० अर्ब ५६ करोड रुपैयाँ लागतमा सञ्चालित सुरुङ निर्माण कार्यमा केही महिना अघि बजेट अभाव भएको थियो । तर सरकारले राष्ट्रिय गौरवको आयोजनाका लागि थप बजेट विनियोजन गरेपछि हाललाई कुनै अवरोध नभएको खनाल बताउँछन् । सिँचाइ मन्त्रालयमार्फत निर्णय गरी अर्थ मन्त्रालयले अपुग रुकम ३ अर्ब ९६ करोड निकासा दिएको थियो ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको सम्झौता चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कोभेकसंग भएको हो । आयोजनाअन्तर्गत भेरी–बबई नदीबीचको सुरुङ खन्ने काम सुरु गरिएको थियो । नेपालमा पहिलो पटक चुरे पहाडमा प्रयोगस्वरूप सुरु गरिएको (टीवीएम) मेसिन पाकिस्तानको नेलम झेलममा प्रयोग भइसकेको छ । नेपालको शिवालिक (चुरे क्षेत्र) मा प्रयोग गरिएको मेसिन सफल भएको खनाल बताउँछन् । टीवीएम मेसिनले भेरी–बबई आयोजनाको सफलतासँगै नेपालका अन्य आयोजनाहरु मेट्रो रेल, हाइड्रोपावर लगायत फास्ट ट्याक निर्माणमा सहयोग पुग्ने अपेक्षा खनालको छ ।

आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाको ५१ हजार कृषि क्षेत्र सिँचित हुनेछ भने ४८ मेघावट जलविद्युत उत्पादन गरिनेछ । टीवीएमको सफलतासँगै आधुनिक प्रविधिको प्रयोगले नेपालका निर्माणाधीन अन्य आयोजनामा समेत सफलता मिल्ने अपेक्षा सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने