२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जन प्रतिनिधीद्धारा योजना अनुगमन

२०७५, ५ बैशाख बुधबार १६:१२

वैशाख ५, कालिकोट | जिल्लाको नरहरीनाथ गाउँपालिकाको वडा नं १ र २ मा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टको नेतृत्वमा उपाध्यक्ष मनशोभा बुढा र सम्बन्धित वडाका वडाध्यक्षहरुसहितको टोलीले बुधबार योजना अनुगमन गरेको हो ।

नरहरीनाथ गाउँपालिका उपभोक्ता समितिमार्फत सुरु गरिएका विकास निमार्णका कामलाई प्रभाकारी रुपमा कार्य सम्पन्न गराउनका लागि र विकास निमार्णका काममा आइपरेका कामदारका समस्याहरुलाई प्रत्यक्ष बुझ्नका लागि गाउँपालिका अध्यक्ष विष्टको नेतृत्वमा गाउँपालिका टोली योजना अनुगमनमा गएको गएको बताइएको छ । नरहरीनाथ गाउँपालिका वडा नं १ र २ मा रहेका जम्मा १५ वटा योजनाको अनुगमन गरि सकेको नरहरीनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताए ।

उपाध्यक्ष बुढाका अनुसार वडा नं न १ का बलिबहार सिंचाई पोखरी निर्माण, रामाको पानी भण्डारा टोली खानेपानी मर्मत, जुकेपानी मुहान चेम्वर निर्माण, शान्ति आधारभुत विद्यालयको फिल्ड घेरवार, छहडे खोला खानेपानी, नुवादेव आधारभुत विद्यालय फिल्ड निर्माण, मारीखोला खानेपानी ट्याङ्की निर्माण र वडा नं २ मा रहेका गोल्सीदेखि ढोगन्ना खानेपानी, सल्लेरीचौर अंगाउ ढुङ्गा व्यवस्थापन, चौथीकोट आधारभुत विद्यालय फर्निचर तथा खानेपानी मर्मत, मष्टामाडु रमालमाडु मन्दिर निर्माण दलित भवन फिल्ड निर्माण, माझखोला बडेमेलासम्म खानेपानी निर्माण लगायतका योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु