४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जन प्रतिनिधीद्धारा योजना अनुगमन

५ बैशाख २०७५, बुधबार १६:१२

वैशाख ५, कालिकोट | जिल्लाको नरहरीनाथ गाउँपालिकाको वडा नं १ र २ मा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टको नेतृत्वमा उपाध्यक्ष मनशोभा बुढा र सम्बन्धित वडाका वडाध्यक्षहरुसहितको टोलीले बुधबार योजना अनुगमन गरेको हो ।

नरहरीनाथ गाउँपालिका उपभोक्ता समितिमार्फत सुरु गरिएका विकास निमार्णका कामलाई प्रभाकारी रुपमा कार्य सम्पन्न गराउनका लागि र विकास निमार्णका काममा आइपरेका कामदारका समस्याहरुलाई प्रत्यक्ष बुझ्नका लागि गाउँपालिका अध्यक्ष विष्टको नेतृत्वमा गाउँपालिका टोली योजना अनुगमनमा गएको गएको बताइएको छ । नरहरीनाथ गाउँपालिका वडा नं १ र २ मा रहेका जम्मा १५ वटा योजनाको अनुगमन गरि सकेको नरहरीनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताए ।

उपाध्यक्ष बुढाका अनुसार वडा नं न १ का बलिबहार सिंचाई पोखरी निर्माण, रामाको पानी भण्डारा टोली खानेपानी मर्मत, जुकेपानी मुहान चेम्वर निर्माण, शान्ति आधारभुत विद्यालयको फिल्ड घेरवार, छहडे खोला खानेपानी, नुवादेव आधारभुत विद्यालय फिल्ड निर्माण, मारीखोला खानेपानी ट्याङ्की निर्माण र वडा नं २ मा रहेका गोल्सीदेखि ढोगन्ना खानेपानी, सल्लेरीचौर अंगाउ ढुङ्गा व्यवस्थापन, चौथीकोट आधारभुत विद्यालय फर्निचर तथा खानेपानी मर्मत, मष्टामाडु रमालमाडु मन्दिर निर्माण दलित भवन फिल्ड निर्माण, माझखोला बडेमेलासम्म खानेपानी निर्माण लगायतका योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता