२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश ६ मा संग्रहालय स्थापना गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

२०७५, ७ बैशाख शुक्रबार १५:३६

वैशाख ७, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आदिवासी जनजाति समुदायको संस्कृती संरक्षणका लागि बहुजातीय साँस्कृतिक संग्रहालय स्थापना गरिने बताएका छन् । आदिवासी जनजाति महासंघको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहीले आदिवासी जनजाती समुदायको समस्या सम्बोधनका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

संविधानमा सम्वोधन हुन नसकेका आदिवासी जनजातीका समस्या समाधान गर्न प्रदेश सरकारले छुट्टै कानू निर्माण गरी अगाडि बढ्ने उनको भनाई छ । माग पूरा नभएन भनेर अब कुनै पनि समुदायले सडकमा टायर बाल्नु पर्ने अवस्था सरकारले ल्याउन नदिने उनले बताए । ‘कर्णाली प्रदेशमा अब कुनै पनि समुदायले आफ्ना माग पुरा गराउन जुलुस किाल्नु पर्ने र सडकमा टायर बाल्नु पर्ने अवस्था आउँदैन’ उनले भने, ‘जनजाती समुदायको भाषा र संस्कृती संरक्षणका लागि बहुजातीय साँस्कृतिक संग्राहालय, मातृभाषामा शिक्षा र आवश्यक सांस्कृतिक विदाको व्यवस्था गर्न सरकार प्रतिवद्ध छ ।’

कर्णाली प्रदेशमा अन्यायमा परिहाल्छौंकी भन्नेमा आशंका नगर्न मुख्यमन्त्री शाहीले आग्रह गर्दै आदिवासी जनजाति समुदायलाई राज्य सञ्चालनमा सहभागि वनाउने प्रतिबद्धता जनाए । ‘राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता हो उनले भने, ‘कर्णाली प्रदेशका सवै समुदाय राष्ट्र निर्माणको अभियानमा लाग्न जरुरी छ ।’ त्यसका लागि सरकारले वातावरण बनाउने उनले वचन दिए । कर्णाली प्रदेशका जनतालाई गरिवीबाट मुक्त गर्न सरकारले आर्थिक विकास र समृद्धिको योजना ल्याएको उनको दावी छ ।

अहिले संसारका सवैभन्दा गरीव मान्छे हेर्न कर्णाली प्रदेश आउने स्थितिको अन्त गर्दै केही वर्षमै संसारका सबैभन्दा सम्पन्नशाली मान्छे हेर्न कर्णाली प्रदेश आउनुपर्ने अवस्था निर्माण गर्न सरकार लागि परेको उनले बताए । उनले कर्णाली प्रदेशमा सवै जनताको घरमा बिजुली, स्वच्छ खानेपानी, सवै नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा, हरेक घरको आँगनमा मोटर हुने बताए ।

ढिलासुस्ती नगर्न निर्देशन

जनतालाई संघीयता आफ्नै शासन भएको अनुभुति हुने गरि काम गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । गृह जिल्ला पुगेका मुख्यमन्त्री शाहीले सदरमुकाम मान्ममा सरकारी कार्यालयका प्रमुखहरुसंगको भेटघाटमा जनताको काममा ढिलासुस्ती नगर्न र खटाईएको कार्यक्षेत्रमा पुगेर काम गर्न निर्देशन दिएका हुन् ।

स्थानीय निकायको निर्वाचनसंगै कर्मचारी र जनप्रतिनिधिबीच तालमेलको अभाव देखिएको बताउँदै मुख्यमन्त्री शाहीले कर्मचारीसंग रहेको दक्षता र जनप्रतिनिधिसंग रहेको योजनाको समायोजन गरेर मात्रै मुलुक विकासको दिशामा लम्कने बताए । उनले कर्मचारी भेटघाटमा कार्यालय प्रमुखहरुले राखेका जिज्ञासाको जवाफ दिँदै कर्मचारी समायोजन, कर्मचारी र जनप्रतिनिधिबीच देखिएको असमझदारी लगायतका समस्याको समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता गरे ।

बिकास र समृद्धिको जनअपेक्षा पुरा गर्न प्रदेश सरकार तीव्र गतिमा अगाडि बढेको बताउँदै मुख्यमन्त्री शाहीले सरकारको स्प्रीटमा कर्मचारी प्रशासन दौड्नु पर्ने आवश्यकता औंल्याए । उनले कानूनको अभावमा देखिएका समस्या सामाधानका लागि कानून निर्माणको कामलाई पनि गति दिन प्रदेश सरकार लागि परेको बताए । कार्यक्रममा जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बिषयमा जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालिकोट जिल्ला विकट र कतिपय गाउँमा प्रहरी युनिट समेत नरहेको अवस्थामा शान्ति सुरक्षा कायम गर्न चुनौतीपुर्ण रहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार