२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगु–हुम्ला लिङ्क रोड निर्माण गरिँदै

२०७५, १२ बैशाख बुधबार ०३:१४

वैशाख १२, सुर्खेत । मुगु–हुम्ला जोड्ने लिङ्क रोडको निर्माण जिम्मा बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी)ले लिने घोषणा गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार भएको कार्यक्रममा उक्त रोड निर्माण गर्ने घोषणा डिएफआईडीले गरेको हो । ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण अन्तर्गत बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) ले मुगु–हुम्ला जोड्ने लिङ्क रोड निर्माण गर्ने उद्घोष गरेको हो ।

६५ किलोमिटर लामो यो सडकले मुगुको रारा–छायाँनाथ नगरपालिकाबाट–हुम्लाको चंखेली गाउँपालिकाको देउली गाउँलाई जोडिने डिएफआईडी एशिया विभागका निर्देशक रिचर्ड मोंत्गोमेरीले जानकारी दिए । उनका अनुसार यो सडक निर्माण भएपछि स्थानीय जनताका भावी सन्ततीको सर्वाङ्गिण विकासका लागि सहयोग पुग्ने अपेक्षा छ । बेलायत सरकारको २ अर्ब २४ करोड लागतमा निर्माण हुन लागेको यो सडकले भौतिक पूर्वाधारमा कमजोर रहेको कर्णाली प्रदेशको विकासमा टेवा पुग्ने अपेक्षा कर्णाली प्रदेशकका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

उनले हिमालका दुई जिल्ला जोड्ने लिङ्क रोड निर्माणपश्चात ग्रामीण भेगका नागरिकहरुलाई आवतजावतमा सहजता हुने उल्लेख गरे । बाह्य लगानीविना प्रदेशको सर्वाङ्गिण विकास हुन नसक्ने भन्दै सरकारले निती निर्माण गरेर बाह्य लगानी भित्र्याउन लगानीमैत्री र सुरक्षाको प्रवन्ध गरिदिने आश्वासन समेत मुख्यमन्त्री शाहीले दिए । बेलायत सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम सन् २०१३ बाट सञ्चालनरत छ । मुगु, हुम्ला, कालिकोट र बाजुरामा नयाँ सडक निर्माणको घोषणा र जुम्ला तथा दैलेखसहित १० जिल्लाहरुमा स्थानीय सडकहरुको मर्मत सम्भार भइरहेको डिएफआईडीले जानकारी दिएको छ ।


सडक निर्माणपश्चात ग्रामिण क्षेत्रका व्यापारिक मार्ग मुगु–हुम्लालाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने आधार तय गर्ने विश्वास कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाको छ । भौतिक पूर्वाधारको विकास नगरेसम्म अन्य क्षेत्रको विकास गर्न नसकिने भएकाले सरकारले बाह्य लगानी भित्र्याउने खालका नीतिहरु निर्माण गर्न लागेको उल्लेख गरे ।मुगु–हुम्ला लिङ्क सडक आसपासमा जनघनत्व न्यून रहेकाले सडक निर्माणमा तीव्रता दिन मेसीन र श्रममुलक दुवै विधिको प्रयोग गरिने डिएफआईडीका नेपाल प्रमुख रुरीक मार्सडेनलेले जानकारी दिए ।

उनका अनुसार यो सडक निर्माणको क्रममा ६ लाख रोजगार दिनको सिर्जना हुनेछ भने ८ हजार परिवारको आम्दानी छ । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्री, सामाजिक विकास मन्त्री दल रावल, पर्यटन मन्त्री नन्दसिंह बुढा, कृषि मन्त्री विमला केसी,  हुम्ला जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावत, मुगु जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकाय, छायाँनाथ–रारा नगरपालिकाका मेयर हरिजंङ्ग शाही, चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार