2026-10-15 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली बिकासका लागि तीन वटा नाका सञ्चालन, नीति तथा कार्यक्रम पारित

वैशाख १२, सुर्खेत | प्रदेश सरकारले पेश गरेको चालु आव २०७४/७५को नीति कार्यक्रमकाबारे सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्षिणवाट जमुनाहा–हिल्सा सुरुङ्ग मार्ग, उत्तरबाट डोल्पा, मुगु र हुम्लाबाट तीनवटा नाका खोलेर कर्णालीको बिकासलाई अगाडि वढाईने बताए । कर्णाली प्रदेशको भेरी करिडोर र कर्णाली करिडोरलाई राष्ट्रिय गौरवका आयोजनाको हवका रुपमा विकास गर्न संघीय सरकारसंग समन्वय अगाडि वढाईएको उनले जानकारी दिए ।

कर्णालीको पर्यटन प्रवद्र्धन गर्न र विश्वको ध्यान कर्णालीमा केन्द्रित गर्न सरकारले प्रधानमन्त्रीद्धारा कर्णाली रारा पर्यटन वर्षको उद्घाटन गरेको बताए । सुर्खेतमा मेडिकल कलेज स्थापना, जिल्ला अस्पताललाई ५० शैयामा स्तरवृद्धि र हरेक स्थानीय निकायमा १५ शैयाको अस्पताल स्थापना गरेर स्वास्थ्य सेवा प्रदान गर्ने सरकारी लक्ष्य रहेको जानकारी दिए । सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालय, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारको मातहतमा ल्याउने र कर्णालीको लागि आवश्यक प्राविधिक जनशक्तिको विकास गर्न प्राविधिक शिक्षालय स्थापना गरिने मुख्यमन्त्री शाहीले बताए ।

बुधबार कर्णाली प्रदेश सभा बैठकमा बोल्दै नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले ल्याउको निती तथा कार्यक्रमले राजनीतिकरण मात्र गर्न खोजेको आरोप लगाए । नोपली काँग्रेस प्रतिपक्षमा रहेर पनि कर्णालीको समृद्धि र बिकासका लागि सहकार्य गर्न तयार रहेको भन्दै सरकारले प्रतिपक्षको भूमिका बुझ्न नसकेको बताए । उनले सरकारका निती तथा कार्यक्रमले थुप्रै आश्वासन बाँडेको भन्दै यसले कर्णालीको बिकासमा सहयोग गर्न नसक्ने बताए । ‘सपना देख्नु राम्रो हो तर सपना पनि फलदायी हुनु पर्छ’ उनले भने, ‘प्रहरी चौकी र स्वास्थ्य चौकी चलाउन नसक्ने सरकारले विश्वविद्यालय चलाउन सक्दैन ।’ उनले सरकारको सुरुवात नै खल्लो किसिमले भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

विहीबारको बैठकमा बोल्दै सांसद गुलावजंग शाहले कर्णाली प्रदेश निर्माणको बेला सहिदहरुको सम्मान प्रदेश सरकारले गर्न नसकेको भन्दै सहिदलाई सम्मान गर्ने कार्यक्रम ल्याउन माग गरे । आम सञ्चार पहुँचमा हुन सके समृद्धिको सुरुवात हुने भन्दै उनले सञ्चारको बिषयमा निती तथा कार्यक्रमले समेट्नु पर्नेमा जोड दिए । करबीर शाही, कुर्मराज शाही, कृष्णा शाह, सुशिल थापा लगायतका सांसदहरुले कर्णालीको समृद्धिका लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताएका छन् ।

नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार पारित भएको छ । कर्णाली  प्रदेशको चालु आर्थिक वर्ष ०७४/०७५ को बाँकी महिनाका लागि नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालले सोमबार संसदमा प्रस्तुत् गरेका थिए ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश सभामा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिए पछि प्रदेश सभाले बुधबार निती तथा कायक्रम पारित गरेको हो । मुख्यमन्त्रीको जवाफ पछि प्रदेश सभाले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिवाट पारित गरेको छ ।

चालु आर्थिक वर्षको बाँकी तीन महिनाका लागि ल्याइएको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, पर्यटन र जलविद्युतको विकास गरी कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश निर्माण गर्ने संकल्प लिइएको छ ।  उज्यालो कर्णाली अभियानदेखि, सीप तथा श्रम स्कुल खोल्ने उल्लेख गरिएको छ । एक वर्षमा प्रदेशलाई सडक बालबलिकामुक्त प्रदेश बनाउने गरी अभियान संचालन गर्ने, हाई अल्टिच्युड एकेडेमी सम्बन्धी अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशको समग्र विकास र समृद्धिको गुरुयोजना बनाउनेदेखी अर्गानिक प्रदेश निर्माण गर्ने कार्यक्रम समेटेको छ । ११० जनतासँग मुख्यमन्त्रीको प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कार्यक्रमलाई अगाडि बढाईने छ । प्रदेशको प्रमुख आधार पर्यटन भएकाले पर्यटनको विकासका लागि गुरुयोजना तयार गर्ने, जनमैत्री शासन व्यवस्था गर्ने, भ्रष्टाचारलाई शुन्य सहनसिलताको नीति अवलम्बन गर्दै भ्रष्टाचाररहित प्रदेश बनाइने, मानव संशाधन विकास योजना तर्जुमा र कार्यान्वयका कार्यक्रम अघि बढाउने नीतिहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो