२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महानगरपालिकावासी स्वास्थ्य सेवाबाट वञ्चित

२०७५, १५ बैशाख शनिबार ०७:२४

वैशाख १५, ललितपुर (रासस) | ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् । 

महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्था नहुँदा महानगरवासीले सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवा पाएका छैनन् । उपमहानगरपालिका हुँदादेखि नै बासिन्दाले नगर अस्पतालको माग गर्दै आएका थिए । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्की महानगरपालिकावासी उपचारका लागि काठमाडौँका सरकारी अस्पताल वा यहीँका निजी अस्पताल जान बाध्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महानगरपालिकाभित्र स्वास्थ्य मन्त्रालयअन्तर्गतका जिल्ला अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र छैनन् ।” 

महानगरपालिकामा नगरस्तरको स्वास्थ्य संस्था नहुँदा सबैभन्दा असर मातृशिशु स्वास्थ्यमा परेको छ । महानगर क्षेत्रमा २० मातृशिशु क्लिनिक छन् । ती क्लिनिकलाई ‘बर्थिङ सेन्टर’ बाट सिफारिस गरेर बिरामी कहाँ पठाउने भन्ने समस्या छ । कार्की भन्नुहुन्छ, “जटिल समस्या आउँदा कि प्रसूति गृह वा किष्ट अस्पतालमा पठाउने गरिन्छ ।” आर्थिक रुपमा सम्पन्न निजी स्वास्थ्य संस्थामा गए पनि शहरी गरीबहरु सरकारी स्वास्थ्य संस्था नहुँदा समस्यामा छन् । 

जनप्रतिनिधिले निर्वाचनका क्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । उहाँ भन्नुहुन्छ, “जनप्रतिनिधिले एक वर्ष मात्रै काम गरेकाले अझै आशा गर्ने समय छ ।” लामो समयदेखि जिल्ला अस्पतालको सुविधा लिएको पाटन अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ समेत लागु गरेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते