वैशाख २४ काठमाण्डौ | आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ | आइतबार ५८ हजार ७ सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ३ सयले बढेर ५९ हजारमा कारोबार भैरहेको छ |
त्यस्तै आइतबार प्रतितोला ५८ हजार ४ सयमा कारोबार भएको तेजावी सुन पनि आज बढेर ५८ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ |
आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ | चाँदी आइतबारको तुलनामा ५ रुपैयाले बढेको छ |