२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय शहिद पार्क निर्माणमा ढिलाई, नियम मिच्दै अध्यक्षको मनोमानी

२०७५, ११ जेष्ठ शुक्रबार १६:०४

भिम लामा | जेठ ११, काठमाडौं । राजधानीको पूर्वी भेग गोकर्णेश्वर नगरपालिका स्थित गोकर्ण जगडोलमा रहेको राष्ट्रिय शहिद तथा शान्ति स्मारक पार्क निर्धारित समयमा निर्माण कार्य ढिलाई भएको छ ।

शहिद पार्क निर्माणमा राष्ट्रिय योजना अन्र्तगत गुरु योजना निर्माण गरी पार्कको भौतिक संरचनाको निर्माण गर्ने निर्णय भएपनि सो कार्य सम्झौता बमोजिम निर्धारित समयमा सम्पन्न गर्न नसकिएको हो । उक्त पार्कका अध्यक्ष सुर्दशन सिग्देलले आफ्नो मनोमानी निर्णय गुरुयोजना विपरित पार्कको संरचनालाई नै कुरुप हुने गरी व्यक्तिगत मिलोमतोमा पार्क भित्री बाटो हुदै उत्तरी क्षेत्रमा पर्ने पार्क सुरक्षा घेरामा रहेको फलामे पिल्लर समेत भत्काएर जग्गा प्लटिङ कार्य गरिरहेको खुल्न आएको छ ।


उत्तरी भेगमा रहेको चन्द्रमति खोलाको किनाराबाट बेरिएको पिल्लरसहितको काँडेतारलाई भत्काएर नक्सामा नभएको बाटो खुलाई दिएको छ । सो स्थानमा जग्गा अनाधिकृत रुपमै प्लटिङ कार्य भईरहँदा सम्बन्धित निकाय समेत मौन छन् । शहिद पार्कबाट बाटो खुल्ने भन्दै जग्गा व्यवसायीहरुले धमाधाम महाँगो मूल्यमा जग्गा विक्रीवितरण तथा निर्माण कार्य गरिरहेको खुल्न आएको छ । करिब ६५ डिग्रीको भिरालो सो पार्कको सुरक्षा घेरामै ताछिएर प्लटिङ गरेको देखिन्छ । उक्त कार्यले निकट भविश्यमा भूक्षयको जोखिममा पर्ने देखिन्छ ।

राष्ट्रिय साझा सम्पत्तिको रुपमा रहेको त्यस राष्ट्रि शहिद तथा शान्ती स्मारक पार्कमा एकल निर्णय र नियम मिच्दै भित्री भागबाट नीजि व्यक्तिको जग्गाको लागि निकास समेत खोलिदिएको सुत्रबाट जानकारी प्राप्त भएको छ । पार्कको विशेषतामाथी नै प्रश्न खडा हुने खालको कार्य दिनप्रतिदिन हुदै गएपछि हाम्रो टोलीको अनुगमन तथा अनुसन्धानबाट त्यस क्षेत्रमा अनाधिकृत रुपमा प्रयोग गरिएको दृश्य फेला परेको छ । नीजि निकासका लागि पार्क भित्री बाटो खुल्ला बनाउँदा पशु चौपायको चरण केन्द्रको रुपमा स्थापित हुन थालिएको छ ।


त्यस्तै त्यहाँ स्थित प्लटिङ जग्गामा यतिखेर ढुंगा ओर्साने क्रम जारी छ । कानुन विपरीत सर्वजानिक सम्पत्तिको तोडफोड गरिएको छ । सुत्रका अनुसार जग्गा धनिको तर्फबाट चन्द्र लामाले दिएको निवेदनलाई अध्यक्षले विना बोडै बैठक नै स्वीकृती दिएर भित्र ढुंगा बोक्ने गाडी प्रवेशसंगै नीजि प्रयोजनका लागि सर्वजानिक सम्पत्तिको समेत रहेको त्यस क्षेत्रको बारको रेलिङ अस्वभाविक रुपमा काटेर ढुंगा झार्ने कार्य गरिरहेको छ । दिउँसोको समयमा तारले अढयाएर राख्ने र रातको समयमा फोरेर काम गरिरहेको छ । यसमा सम्बन्धित निकायको ध्यान नपुगेकाले अतिक्रमणको सिमा नाघ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा