२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खुलालुको पक्की पुल निर्माण सुरु

२०७५, १८ जेष्ठ शुक्रबार ०४:०१

जेठ १८, कालिकोट | लामो समयदेखि अलपत्र परेको कर्णाली करिडोरअन्तर्गत कालिकोट खुलालुदेखि हिल्सा सडकखण्डको खुलालुमा पक्की पुल निर्माण कार्य सुरु भएको छ । ठेकेदारको लापरबाही र सडक डिभिजन कार्यालयको अनुगमन नहुँदा अलपत्र परेको निर्माणकार्य कन्काई नेपाल प्रगति जेभीले ठेक्का पाएपछि निर्माण सुरु गरेको हो ।

वि.सं २०६७ सालमा सुर्खेत सडक डिभिजनले ठेक्का लगाएको हाल जुम्ला सडक डिभिजन कार्यालय कर्णालीलाई हस्तान्तरण गरिएको सो पुल सरकारी निकायको तालमेल नमिलेका कारण पुल निर्माणमा ढिला भएको थियो । झण्डै १३ करोडको लागतमा बन्न लागेको पुल आफूहरूले ठेक्का पाएपछि आर्थिक वर्ष ०७५÷७६ को जेठमै काम सक्ने कन्काई नेपाल प्रगति जेभीका प्रोजेक्ट म्यानेजर रामप्रसाद मैनालीले बताए । ‘पुल निर्माण गर्दा कडा चट्टान लागेका कारण निर्माण गर्न ढिलाइ हुने भएको छ’ उनले भने, ‘पुलको डिजाइन स्टिमेटभन्दा फरक चट्टान लागेका कारणले आगामी जेठमा निर्माण कार्य सकिने छ ।’

७४.८ मिटर लामो र ९ मिटर चौडाइ पुलको ३० प्रतिशत काम सकिएको मैनालीले बताए । ‘निर्माणको करिब ३० प्रतिशत काम सकिएको छ’ उनले भने, ‘यही गतिमा काम भए सोचेभन्दा चाँडो निर्माण हुनसक्छ ।’ पुल निर्माण कार्य अघि बढ्न नसक्दा कर्णाली करिडोरको खुलालुदेखि लालीघाटसम्मको करिब १ किमि चट्टाने भीर नेपाली सेनाले फोडेको थिएन ।

पुल निर्माणको काम सुरु भएपछि नेपाली सेनाले बाँकी रहेको सडकखण्डमा काम चाँडै नै सुरु गर्ने कर्णाली करिडोर नेपाली सेना निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए ।  ‘खुलालुदेखि लालीघाटसम्मको फोड्न बाँकी रहेको चट्टाने भीर चाँडै निर्माण गर्ने तयारी थालेका छौं,’ उनले भने, ‘यो भीर फोड्न केही समय लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न