२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले ल्यायो क्यास्ट्रोल भेक्टन

२०७५, १८ जेष्ठ शुक्रबार ११:०४

जेठ १८ काठमाडौं | बस, ट्रक, ट्रिपर तथा अन्य हेभी इक्विपमेन्टका लागि उपयुक्त इन्जिन आयलको रुपमा क्यास्ट्रोल भेक्टन नेपाली बजारमा भित्रिएको छ । क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले क्यास्ट्रोल भेक्टन नेपाली बजारमा ल्याएको हो । 


एक कार्यक्रमका बीच क्यास्ट्रोलका कन्ट्री म्यानेजर पन्चानन राउत र नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यका साथै नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दीपक खड्का र महासचिव ठाकुर प्रसाद न्यौपाने, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिव सुनिल रिजाल, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ र नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष महेश कुँवरले संयुक्त रुपमा क्यास्ट्रोल भेक्टन सार्वजनिक गरेका छन् । 


सो अवसरमा नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यले समय, प्रविधि र ग्राहकको आवश्यकता तथा माग अनुसार क्यास्ट्रोलले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको बताए । 

क्यास्ट्रोलको नेपालका लागि कन्ट्री म्यानेजर पन्चानन राउतले दुबईमा उत्पादन गरिएको क्यास्ट्रोल भेक्टनका धेरै रेन्ज भएकाले आगामी दिनमा समेत अन्य उत्पादन उपलब्ध गराउने बताए । भल्भो, मर्सिडिज बेन्ज, टाटा लगायतका गाडीहरुले आधिकारिक लुब्रिकेन्टको रुपमा क्यास्ट्रोल भेक्टन प्रयोग गरिरहेको बताउदै उनले डिजेल इन्जिनका लागि सो लुब्रिकेन्ट उत्कृष्ट रहेको बताए । 

सो अवसरमा नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले नेपाली उपभोक्ताहरुको चाहना बमोजिम क्यास्ट्रोलले नयाँ प्रविधिका लुब्रिकेन्ट ल्याइरहेको बताउदै क्यास्ट्रोल भेक्टनले क्यास्ट्रोल ब्रान्डलाई थप विश्वसनिय बनाउने बताए । 

क्यास्ट्रोल भेक्टन सीआई–४ प्लस÷ई७ प्रविधिको मल्टिग्रेड डिजेल इन्जिन आयल हो । यसमा अन्य कुनै पनि लुब्रिकेन्टमा नभएको युनिक ‘सिष्टम फाइभ टेक्नोलोजी’ प्रयोग गरिएको छ, जसका कारण सो लुब्रिकेन्टले पहिले प्रचलित लुब्रिकेन्ट भन्दा ३० प्रतिशत बढी पर्फमेन्स दिन्छ । 

क्यास्ट्रोल भेक्टन अमेरिकी, युरोपेली, जापनिज र भारतीय सबै रेन्जका सबै गाडीहरुका लागि उपयुक्त छ । त्यसैगरी यो युरो २ देखि युरो ५ सम्मका सबै इन्जिनमा प्रयोग गर्नका लागि स्वीकृत प्राप्त छ । नेपालको सन्दर्भमा यातायात, ढुवानी, निर्माण र खानीमा प्रयोग भइरहेका हेभी सवारी साधनमा क्यास्ट्रोल भेक्टन प्रयोग गर्न सकिन्छ । 

कुनै पनि गाडीको इन्जिनमा विभिन्न कारणले क्षति पुग्छ । ती मध्ये इन्जिन आयल बाक्लो हुने र इन्जिनमा क्षय हुने तथा खिइने समस्या हुन्छ । त्यसैगरी पिस्टनमा जम्मा हुने डिपोजिट र दूषित पदार्थ तथा मोसोले पनि इन्जिनमा क्षति पुर्याउछन् । यी ५ वटै समस्याका कारण गाडीको कार्यक्षमता तथा दक्षतामा कमी आउन सक्छ । यसका कारण सञ्चालन खर्च बढ्नुका साथै विश्वसनियतामा पनि क्षति पुग्छ । 

युनिक सिष्टम फाइभ टेक्नोलोजी सहितको क्यास्ट्रोल भेक्टनले इन्जिनमा हुन सक्ने यी ५ वटै समस्याहरुको सामना गरी ३० प्रतिशत अधिकतम कार्यक्षमता बढाइदिन्छ । 

हेभी गाडीहरु महंगा हुन्छन् । यी गाडीको सञ्चालन खर्च पनि महंगो हुन्छ । यो अवस्थामा इन्जिनमा कुनै खराबी आएमा पनि सवारी धनीको लाखौं रुपैयाँ खर्च हुन सक्छ । क्यास्ट्रोल भेक्टनको प्रयोगबाट इन्जिनलाई सुरक्षित राख्नुका साथै समग्र गाडीको पर्फमेन्स र टिकाउपनामा पनि वृद्धि गर्न सकिने कम्पनीको भनाइ छ । 

क्यास्ट्रोल सधै नयाँ प्रविधिका साथ अगाडि बढ्ने र नयाँ प्रविधिका इन्जिन विकास भए पनि त्यसका लागि लुब्रिकेन्ट्समा पनि नयाँ प्रविधि भित्र्याउन सधै तत्पर हुने गरेको क्यास्ट्रोलको भनाइ छ । 

नेपालको सन्दर्भमा यहाँको भौगोलिक वातावरण, ग्राहकको क्रयशक्ति, गुणस्तर आदिलाई ध्यान दिएरे त्यसै अनुसारको लुब्रिकेन्ट्स उपलब्ध गराउनु आवश्यक हुन्छ । यसका लागि बजार रणनीति पनि ग्राहकमैत्री बनाएको र धेरै राष्ट्रमा नम्बर वानमा रहन सफल क्यास्ट्रोललाई उपयुक्त मुल्यमा उपलब्ध गराउन पाएकोमा गौरवान्वित भएको नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा