५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा देशमै सबैभन्दा ठूलो वायोग्यास प्लान्टको उद्घाटन

१९ जेष्ठ २०७५, शनिबार १५:२१

जेठ १९, नवलपरासी (रासस) | ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले आगामी दश वर्षभित्र मुलुकमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने रु २४ अर्ब बराबरको एलपी ग्यासको आयात घटाई बढ्दो व्यापार घाटालाई कम गर्न सकिने बताउनुभएको छ । 

नवलपरासी, रामग्राममा स्थापना गरिएको ठूलो क्षमताको वायोग्यास प्लान्टको उद्घाटन गर्दै मन्त्री पुनले वर्षमा झण्डै साढे सात अर्ब रुपैयाँबराबरको व्यापार घाटालाई कम गर्न आयातीत इन्धनमाथिको निर्भरता घटाउनु जरुरी हुन्छ भन्नुभयो । जलवायु लगानी कोषको सहयोगमा विश्व बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान तथा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले सो बायोग्यास प्लान्टको स्थापना गरेको हो । 

उहाँले ठूला क्षमताका वायोग्यास प्लान्टमा निजी क्षेत्रको ठूलो लगानी रहने र उच्च जोखिम पनि हुने हुँदा यसलाई कम गर्न सरकारले पनि सहयोग गर्न नीतिगत व्यवस्था गरिने बताउनुभयो । 

कार्यक्रममा प्रदेश नं ५ का भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले फोहरबाट ग्यास निकाल्न सकिने ठूला आकारका वायोग्यास प्लान्ट स्थापनामा प्रदेश सरकारले पनि सहयोग गर्ने उल्लेख गर्नुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नगरपालिकाहरुमा बढ्दो फोहरको समस्या समाधान गर्न यसखालका ठूला क्षमताका बायोग्यास प्लान्ट राख्न सकिए ऊर्जा र वातावरणमा सहयोग पुग्ने बताउँदै देशका विभिन्न ३७ वटा नगरपालिकाले व्यावसायिक ठूला क्षमताका बायोग्यास प्लान्ट गर्न केन्द्रले समझदारी गरिसकेको जानकारी दिनुभयो । 

प्लान्टका सञ्चालक सन्दीप अग्रवालले शुरुमा व्यक्तिगत लगानीमा ठूलो प्लान्ट जडान गर्नु जोखिमपूर्ण रहेकाले सरकारले सहुलियत दरमा कर्जा र अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

देशमै हालसम्म जडान भएको सबैभन्दा ठूलो तीन हजार ७५० घनमिटर क्षमताको यस प्लान्टबाट दैनिक १४० वटा सिलिन्डर ग्यास निस्कनुका साथै १२ टन जैविक मल उत्पादन हुने गर्छ । 

जर्मन प्रविधिबाट निर्मित वायोग्यास उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग खपत हुने गर्दछ । कूल रु २१ करोड लगानी रहेको यस प्लान्टबाट उत्पादित ग्यास हाल ५० भन्दा बढी होटल, रेस्टुरेंट, सिमेन्ट उद्योगजस्ता व्यावसायिक प्रतिष्ठानका लागि विक्री गर्ने गरेको सो अवसरमा जानकारी दिइयो । 

बायोग्यासमा दैनिक ३६ टन गाईको गोबर, कुखुराको सुली, चिनी मिलबाट निस्कने ताजा मड र अन्य बायोग्यास आवश्यक पर्छ । यसका लागि नवलपरासी, रुपन्देहीका विभिन्न पशुपालन केन्द्रबाट गाईभैँसीको गोबर चितवनबाट कुखुराको सुली ल्याउने गरिन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता