2026-09-19 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा देशमै सबैभन्दा ठूलो वायोग्यास प्लान्टको उद्घाटन

जेठ १९, नवलपरासी (रासस) | ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले आगामी दश वर्षभित्र मुलुकमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने रु २४ अर्ब बराबरको एलपी ग्यासको आयात घटाई बढ्दो व्यापार घाटालाई कम गर्न सकिने बताउनुभएको छ । 

नवलपरासी, रामग्राममा स्थापना गरिएको ठूलो क्षमताको वायोग्यास प्लान्टको उद्घाटन गर्दै मन्त्री पुनले वर्षमा झण्डै साढे सात अर्ब रुपैयाँबराबरको व्यापार घाटालाई कम गर्न आयातीत इन्धनमाथिको निर्भरता घटाउनु जरुरी हुन्छ भन्नुभयो । जलवायु लगानी कोषको सहयोगमा विश्व बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान तथा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले सो बायोग्यास प्लान्टको स्थापना गरेको हो । 

उहाँले ठूला क्षमताका वायोग्यास प्लान्टमा निजी क्षेत्रको ठूलो लगानी रहने र उच्च जोखिम पनि हुने हुँदा यसलाई कम गर्न सरकारले पनि सहयोग गर्न नीतिगत व्यवस्था गरिने बताउनुभयो । 

कार्यक्रममा प्रदेश नं ५ का भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले फोहरबाट ग्यास निकाल्न सकिने ठूला आकारका वायोग्यास प्लान्ट स्थापनामा प्रदेश सरकारले पनि सहयोग गर्ने उल्लेख गर्नुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नगरपालिकाहरुमा बढ्दो फोहरको समस्या समाधान गर्न यसखालका ठूला क्षमताका बायोग्यास प्लान्ट राख्न सकिए ऊर्जा र वातावरणमा सहयोग पुग्ने बताउँदै देशका विभिन्न ३७ वटा नगरपालिकाले व्यावसायिक ठूला क्षमताका बायोग्यास प्लान्ट गर्न केन्द्रले समझदारी गरिसकेको जानकारी दिनुभयो । 

प्लान्टका सञ्चालक सन्दीप अग्रवालले शुरुमा व्यक्तिगत लगानीमा ठूलो प्लान्ट जडान गर्नु जोखिमपूर्ण रहेकाले सरकारले सहुलियत दरमा कर्जा र अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

देशमै हालसम्म जडान भएको सबैभन्दा ठूलो तीन हजार ७५० घनमिटर क्षमताको यस प्लान्टबाट दैनिक १४० वटा सिलिन्डर ग्यास निस्कनुका साथै १२ टन जैविक मल उत्पादन हुने गर्छ । 

जर्मन प्रविधिबाट निर्मित वायोग्यास उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग खपत हुने गर्दछ । कूल रु २१ करोड लगानी रहेको यस प्लान्टबाट उत्पादित ग्यास हाल ५० भन्दा बढी होटल, रेस्टुरेंट, सिमेन्ट उद्योगजस्ता व्यावसायिक प्रतिष्ठानका लागि विक्री गर्ने गरेको सो अवसरमा जानकारी दिइयो । 

बायोग्यासमा दैनिक ३६ टन गाईको गोबर, कुखुराको सुली, चिनी मिलबाट निस्कने ताजा मड र अन्य बायोग्यास आवश्यक पर्छ । यसका लागि नवलपरासी, रुपन्देहीका विभिन्न पशुपालन केन्द्रबाट गाईभैँसीको गोबर चितवनबाट कुखुराको सुली ल्याउने गरिन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता