२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटमाथि दफावार छलफल आजदेखी, ‘जाल हैन माछा दिने बजेट आयो’

७ असार २०७५, बिहीबार १६:०१

असार ७, सुर्खेत | कर्णाली प्रदेश सरकारले ल्याएको बजेट जनमुखी नभएको टिप्पणी सांसदहरुले गरेका छन् । संसदमा बजेटमाथिको सैद्धान्तिक छलफलको क्रममा बोल्ने सत्ता र प्रतिपक्ष दलका सांसदहरुले बजेट वितरणमुखी भन्दै चर्को आलोचना गरेका हुन् ।

कर्णाली प्रदेश सभाको २१ औं बैठकमा बजेटमाथिको छलफलमा भाग लिएका सांसद गोपाल शर्माले समग्र प्रदेशको बजेट सकरात्मक रहेको बताए । तर शर्माले घुमाउरो शैलीमा जनतालाई माछा मार्न जाल दिनुको सट्टा माछा वितरण गरेको टिप्पणी गरे । ‘अब जनतालाई माछा मारेर हैन जाल दिनुपर्छ’ शर्माले भने, ‘हामीलाई जनतालाई माछा मार्न सिकाएर जाल वितरण गरे प्रदेशको विकास कायापलट पार्न सकिन्छ ।’ वितरणमुखी बजेट आएको आलोचना गरेका शर्माले वितरणमुखीशैलीको बजेट पञ्चर भएको साइलकमा सवार जस्तै हुने भएकाले रातो किताबमा समावेश गरिने शिर्षकहरुमा गम्भीर हुन सुझाए । ‘मुल शिर्षकले सबै क्षेत्रलाई समावेश गरे जस्तो छ’ शर्माले थपे, ‘मन्त्रालयले ल्याउने रातो किताबमा शिर्षकहरुलाई कसरी व्यख्या गरिन्छ, भन्ने सवाल गम्भीर रहन्छ ।’

टुक्रे योजनाभन्दा प्रदेशका ठूला आयोजनामा हात हाल्नु पर्नेमा सरकारको ध्यानाकर्षण शर्माले गराए । प्रदेश रोग, भोग र गरिबीले थलिएको भन्दै भाषणभन्दा प्रदेशमै ठूला आयोजना कसरी सम्पन्न गर्ने भन्ने विषयमा गम्भीर हुन जरुरी छ । प्रतिपक्ष दलका सांसद झोवा विकले दुर्गमलाई कम र सुगमलाई बढी बजेट विनियोजन गरेको धारणा राखिन् । प्रदेशका सबै जिल्ला समान हुन्, भलै भौगोलिक विकटतामा कतै सुविधा धेरै पुगेको होला’ झोवाले भनिन्, ‘बजेटमा कसैलाई काखा र कसैलाई पाखा हुने दृष्ट्रि प्रदेश सरकारका मन्त्रीहरुले फेर्नु जरुरी छ ।’ भौगोलिक रुपमा विकट मानिएको मुगु जिल्लामा ठूला आयोजना सञ्चालन गर्न तत्काल सम्भव नहुनेतर्फ संकेत गर्दै झोवालो ग्रामिण जनताले गाउँमा मोटर पुग्दीहोस् भन्ने अपेक्षा गरेकाले त्यसतर्फ बजेट केन्द्रीत हुने पर्ने उनको तर्क थियो ।


फरक धारणा राख्दै सांसद चन्द्रबहादुर शाहीले सम्मानित संसदमा सांसदहरुले उठान गरेको विषयमा सरकार गम्भीर नभएको आरोप लागए । ‘विगतमा पाठ सिक्दै संसदलाई गफ गर्ने थलो बनाउनु हुँदैन’ शाहीले भने, ‘संसद प्रभावकारी भएमात्रै जनताका अपेक्षा पूरा हुने भएकाले सरकार गम्भीर हुन आवश्यक छ ।’ जनताका अभावलाई संसदमा उठान गरिने हुँदा सरकारलाई गम्भीर भइदिन शाहीको आग्रह थियो । हात थापेर ल्याएको बजेटले तत्कालै प्रदेशका जनताका अपेक्षाहरु पूरा हुनेमा आफू विश्वस्त नरहेको टिप्पणी पनि शाहीको छ । ‘यता गरे यता पुग्दै, उता गरे यता पुग्दैन्’ शाहीले थपे, ‘कुन ठाँउमा बजेट पु¥यायो भने प्रभावकारी कार्यान्वय हुन्छ त्यस विषयमा सरकार सजक बन्नुपर्छ ।’ साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट नेतृत्व गर्नेहरुका कारण कर्णाली विकासमा पछि परेको आरोप शाहीको छ । तर बजेटमा समावेश भएका केही सडक आयोजनाहरु आफू अनुकुल बनाउन खोज्नु दुभाग्र्य भएको उनको ठम्याई छ । सांसद अमृता शाहीले नदी कटान तथा तटबन्ध शिर्षकमा विनियोजित ४ करोड बजेटबाट सुर्खेतका बाढी पहिरो पीडितलाई वर्खा अगावै त्रिपालबाट मुक्त गर्न माग राखिन् । उनले वर्षौ पालमा बस्दै आएका बाढीपहिरो पीडितसंग ओत लाग्ने पाल समेत भरपर्दो नभएको भन्दै पुनस्र्थापनाका लागि सरकारले बलैमा सोच्न ध्यानार्षण गराईन् । पटक–पटक बाढी पहिरो विस्थापितहरुका मागप्रति सरकारलाई सम्वेदनशील भइदिन आग्रह गर्दा पनि सरकार उदासिन बनेको अरोप शाहीको थियो ।

सांसद सिता नेपालीले ठूला आयोजना मात्रै प्राथमिकतामा राख्नुभन्दा साना आयोजनालाई समेट्नु पर्ने धारणा राखिन् । महिला, जनजाती, दलित, उत्पिडनको पक्षमा पनि बजेट केन्द्रीत हुनु पर्ने तर्क उनको थियो ।  कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले असार १ गते २८ अर्ब २८ करोड २८ लाखको बजेट संसदबाट सार्वजनिक गरेको थियो । प्रदेश अर्थमन्त्री प्रकाश ज्वालाले पेश गरेको बजेटमाथि बिहिबारको बैठकमा सांसद करविर शाही, देवी ओली लगायत छलफलमा भाग लिएका थिए । बजेट माथिको सैद्धान्तिकम छलफल बिहिबार नै सकिएको छ । संसदको आज बस्ने बैठकमा मन्त्री ज्वालाले सांसदहरुले उठाएको विषयमाथि जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य