2026-09-13 05:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहाको मिर्चैया नगरपालिकाको बजेट ४७ करोड

राम नारायण पंडित | असार ११, सिरहा | मिर्चैया नगरपालिकाले अगामी आर्थिक बर्षका लागि ४७ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेका छन् । अगामी आर्थिक बर्ष २०७५÷०७६ का लागि आइतबार सम्पन्न दोस्रो नगरसभाले रु. ४७ करोड ७६ लाख ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् । 

आन्तरिक आयतर्फ रु. १ करोड ५ लाख, राजस्ब बाडफाड (नेपाल सरकार) तर्फ रु. ८ करोड ८५ लाख ३१ हजार, सर्शत अनुदान (नेपाल सरकार) तर्फ रु. १४ करोड ४८ लाख, बित्तिय समानिकरण तर्फ रु. १३ करोड ५६ लाख, सर्शत अनुदान (प्रदेश सरकार) तर्फ रु. १ करोड, बित्तिय समानिकरण (प्रदेश सरकार) तर्फ रु. ३१ लाख ८० हजार, सामाजिक सुरक्षा तर्फ रु. ८ करोड १५ लाख ५७ हजार र सडक बोर्ड नेपाल तर्फ रु. ३५ लाख गरी ४७ करोड ७६ लाख ७८ हजारको अनुमानित रकम नगरपालिकाका मेयर श्रबण कुमार यादबले बिनियोजन गरेका हुन् । 

व्यायतर्फ चालु बित्तिय समानिकरण र राजस्ब बाडफाड खर्चमा रु. ९ करोड १८ लाख ५९ हजार, चालु सर्शत खर्चमा रु. १५ करोड ४८ लाख, समाजिक सुरक्षा भत्ता चालु तर्फ रु. ८ करोड १५ लाख ५७ हजार रहेको छ । त्यसैगरी, ब्याय तर्फ पुजिँगत (बित्तिय समानिकरण राजस्व बाडफाड) खर्चमा रु. १४ करोड ५९ लाख ५२ हजार, सडक बोर्ड नेपाल रु. ३५ लाख गरी चालु र पुजिँगत खर्चको कुल रकम ४७ करोड ७६ लाख ६८ हजार अनुमानित व्याय रहेका छन् । 

बजेटले नगरको बिकास, शिक्षा, स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन