२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इटहरीको बजेट रु एक अर्ब ५० करोड

२२ असार २०७५, शुक्रबार ०३:३५

असार २२, इटहरी | इटहरी उपमहानगरपालिकाले लामो बहस र छलफलपछि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने रकमसहित कूल रु एक अर्ब ५० करोड ८९ लाख चार हजारको संशोधित एवं सन्तुलित बजेट नगरसभाले पारित गरेको भन्दै बिहीबार सार्वजनिक गरेको छ । 

उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी आव २०७५÷०७६ का लागि प्रस्तुत बजेटका विषयमा उपमहानगरपालिकामा रहेका २० वटै वडालाई कम्तीमा सरदर न्यूनतम रु ७० लाखदेखि एक करोड बढीको विकास बजेट पर्ने गरी सबै वडाका जनप्रतिनिधिसँग परामर्श र छलफल गरेर बजेट ल्याएका छौँ भन्नुभयो । 

पत्रकार सम्मेलनमा बजेट नीति तथा कार्यक्रमसम्बन्धी समितिको संयोजकसमेत रहनुभएकी उपप्रमुख लक्ष्मी गौतमले बजेटका विषयमा थप जानकारी दिनुहुँदै उपमहानगरले केही इटहरी गौरवका योजना समेत ल्याएको जानकारी दिनुभयो । पहिला प्रस्तुत बजेटमा संघ र प्रदेशबाट प्राप्त हुने सहयोग थपिएकाले बजेटको आकारसमेत परिमार्जन हुन गएको हो भन्नुभयो । 

उहाँले इटहरी गौरवका प्रस्ताविक कार्यक्रममध्ये उपमहानगर–५ मा सार्वजनिक पार्क, इटहरीको मुख्य चोक तथा त्यस आसपासमा सार्वजनिक शौचालय, उपयुक्त स्थानमा औद्योगिक ग्राम, आदिवासी जनजातिको संग्रहालय, पर्यटकीय क्षेत्र तालतलैयाको विकाससँगै आइतबारे प्रवेश मार्गमा रात्रिकालिन बजार चलाउने कार्यलाई यो बजेटले इटहरी गौरवको कार्यक्रमभित्र समेटेको उपप्रमुख गौतमले प्रष्ट्याउनुभयो । 

कूल अनुमोदित बजेटमध्ये खर्चतर्फ २० दशमलव २८ प्रतिशत तथा पूँजीगत खर्चतर्फ कूल बजेटको ७९ दशमलव ३४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ० दशमलव ५ प्रतिशत विनियोजन गरेको पनि पत्रकार सम्मेलनमा थप जानकारी दिइएको छ । बजेटले भौतिक पूर्वाधारसँगै खेलकुद पत्रकारिता एवं मानवीय संशाधन विकासका लागि पनि उल्लेख्य बजेट व्यवस्था गरेको पनि उपप्रमुख गौतमले उल्लेख गर्नुभयो । 

बजेट निर्माणका क्रममा केही असहज परिस्थिति आउला कि भन्ने अवस्था देखिए पनि सबैको सहमति र सन्तुलित ढंगले आएको तथा केही वडालाई जनसंख्याको सघनतालाई दृष्टिगत गरेर अन्य वडाको भन्दा केही धेरै बजेट पर्न गएको पनि उहाँले स्पष्ट पार्नुभयो । 

पत्रकार सम्मेलनमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत छवि रिजालले सञ्चार क्षेत्रले सम्पूर्ण नगरवासीलाई सचेत र सन्तुलित सूचना दिएर समग्र उपमहानगरको एकीकृत विकासमा महत्वपूर्ण योगदानमा सहभागी हुन नगरवासीमा उत्प्रेरणा जागृत गराउन आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य