१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीको पर्यटन विकासमा ९८ करोडको बजेट

२४ असार २०७५, आईतवार ०३:३९

असार २४, सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताउनुभएको छ । 

नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५/०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिनुभयो । 

उहाँले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ५२ प्रतिशत रकम यसमा विनियोजन गरेको जनाउनुभयो । 

“कर्णाली प्रदेश सरकारले वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को विधिवत् उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइसकेको छ । त्यसले गर्दा पर्यटक आउनेक्रम बढेको छ”, मन्त्री बुढाले भन्नुभयो । 

जुन कुरालाई मध्यनजर गरेर कर्णालीमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको सहज पहुँचका लागि पदमार्ग, आधारभूत संरचना निर्माण गर्न भनेर यसमा बढी बजेट छुट्याएको हो । 

पर्यटकीय पूर्वाधार निर्माणार्थ रारामा रु तीन करोड, डोल्पामा रु दुई करोड, हिमालय गे्रट टे«ेलकनका लागि रु दुई करोड, बुलबुले ताल निर्माणमा रु पाँच करोड र काक्रेविहारका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ । 

यो प्रदेशका १० वटै जिल्लाको भिडियो डकुमेन्ट्री संकलन गरी प्रदेशको पर्यटन विकासको खाका तयार गरिने बताइएको छ । 

कर्णाली प्रदेश सरकारले पर्यटन प्राधिकरणको विचार ल्याए पनि अन्त्यमा पर्यटन बोर्ड नै आवश्यक छ भन्ने निष्कर्षमा पुगेको छ । 

पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले कम लगानीमा बढी प्रतिफल र रोजगार दिएर सुनिश्चितताका साथ निरन्तर चलिरहने एक मात्र क्षेत्र पर्यटन उद्योग हो भन्नुभयो । 

उद्योग, वाणिज्य, होटल व्यवसायी, निजी क्षेत्र नागरिक समाज तथा पत्रकारसहित सहभागी रहेको उक्त कार्यक्रममा खासगरी पर्यटकको बसाइँ लम्ब्याउन सक्ने खालको आवश्यक नीति, पूर्वाधार र वातावरण निर्माण गर्न सकिए मात्र पर्यटन क्षेत्रको विकास र समृद्धि हुने सुझाव दिइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का