२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको दुर्गम बस्ती जोड्ने १० नयाँ झोलुङ्गे पुल निर्माण

२४ असार २०७५, आईतवार ०३:४८

असार २४, बेनी, म्याग्दी | म्याग्दी जिल्लाको अति दुर्गम क्षेत्रमा धमाधम झोलुङ्गे पुल निर्माण भएको छ । 

नजिकैको बस्तीमा पुग्नसमेत अक्करे भिर, साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा रहेका स्थानीय बासिन्दाले झोलुङ्गे पुल बनेसँगै सहज आवतजावत गर्न पाएका छन् । स्थानीय निकाय, झोलुङ्गे पुल सहयोग एकाइ (टिबीएसयु)को आर्थिक सहयोग तथा गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानमा सम्पन्न भएका १० वटा पुलले घण्टौँ लाग्ने बाटो आधा घण्टामै छोट्याइदिएका छन् । 

जिल्लाको अति विकट धौलागिरि गाउँपालिका–४, जेल्तुङस्थित म्याग्दी खोलामाथि निर्माण भएको झोलुङ्गे पुलले अक्केर भिर र खोलाबाट वारपार गर्ने सिम्कोश र बगर गाउँका बासिन्दाले तुइन र हिँउदको समयमा साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो । 

“गाउँपालिकाको लगानीमा जिल्लामै पहिलो झोलुङ्गे पुल बनेको छ । पुल बनेपछि स्थानीय बासिन्दाले खुसियाली मनाएका छन्”, पुनले भन्नुभयो । विसं २०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि सिस्कोशमा खाद्य साम्रगीको समेत अभाव हुने गरेको थियो । मुदीको जेल्तुङ, सिम्कोश र बगर गाउँ जिल्लाकै विकट बस्तीका रुपमा चिनिन्छन् । सो पुल रु ४४ लाख ७६ हजार १८८ को लागतमा निर्माण भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

पुलको उद्घाटनका लागि पुगेकी गाउँपालिका अध्यक्ष पुनलाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । जिल्लाको मालिका गाउँपालिका वडा नं २ र ३ जोड्ने टाक्सेखोला भोलुङ्गे पुलमा स्थानीय बासिन्दालेसमेत कठोर जनश्रमदान गरेका थिए । करीब ६४ मिटर लम्बाइ रहेको पुलले दुईवटा वडाका बासिन्दालाई राहत भएको छ । पुलको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुहुँदै दुर्गम बस्तीमा रहेका पुराना र जीर्ण पुललाई विस्थापित गरिने बताउनुभयो । 

पुलको निर्माण सम्पन्न भएपछि दुवै वडाका करीब ४०० घरधुरी लाभान्वित भएका छन् । करीब रु ३२ लाख ९६ हजारमा सम्पन्न भएको पुलमा स्थानीयवासीले जनश्रमदान गरेका थिए । 

त्यसैगरी झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको रुमको टाक्से, ओखरबोटको नुन्थला, देविस्थानको दोबिल्ला र दाङखोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँपालिकाभित्र सम्पन्न भएको रुमको टाक्से रु ३२ लाख ९६ हजार , ओखरबोटको नुन्थला रु २५ लाख ८३ हजार , देविस्थानको दोबिल्ला रु ३२ लाख ३३ हजार र दाङखोला झोलुङ्गे पुल रु ३१ लख ३३ हजार लागतमा सम्पन्न भएको हो । 

कूल रु एक करोड २२ लाख ७८ हजार लागतमा सम्पन्न भएका पुलको धमाधम उद्घाटन भइरहेको मिलन म्याग्दीकी कार्यकारी अधिकृत दिवा पुनले बताउनुभयो । मालिका र धौलागिरिमा स्थानीय तहले पुलमा बजेट विनियोजन गरेपछि सहज भएको उहाँको भनाइ छ । 

पुनका अनुसार मिलन म्याग्दीले चालु आवमा जिल्लाको धौलागिरि गाउँपालिको मुदीको जेल्टुङ, मुदी र मराङ जोड्ने छरीखोलामा ट्रस पुल, लुलाङको धानमाने खोला, मंगला गापा–५ अर्मनको आरुखोला, अन्नपूर्ण गापाको हिस्तान र राम्चेमा ट्रस पुल, रघुगंगा गापा–६ घयासीखर्कमा गरी चालु आवामा कूल रु दुई करोड ४० लाखको लागतमा सम्पन्न भएको पुलले पुराना, जीर्ण र तुइन विस्थापित भएका छन् । निर्माण सम्पन्न गरिएपछि झोलुङ्गे पुलको भार परीक्षण गर्दा शतप्रतिशत सफल हुने गरेको मिलन म्याग्दीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की