२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेनीमा बसपार्क निर्माण शुरु

२०७५, २५ असार सोमबार ०३:०५

असार २५, बाबियाचौर, म्याग्दी | बेनी नगरपालिका–८ कालीपुलमा बसपार्क निर्माणको काम शुरु भएको छ । 

जिल्ला सदरमुकाम बेनीमा सवारी पार्किङको समस्या समाधानका लागि बेनी नगरपालिकाको पहलमा बसपार्क निर्माणको काम शुरु भएको हो । 

एक दशकअघिदेखि बसपार्कका रुपमा प्रयोग गरिँदै आएको ठाउँमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागिएको वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो । विसं २०६४ भदौमा पर्वत र म्याग्दीको सिमानामा रहेको कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि सञ्चालन भएको बसपार्क एक दशकपछि व्यवस्थित गर्ने काम शुरु भएको हो । 


नगरपालिकाले गत वर्ष तयार पारेको गुरुयोजनाअनुसार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बसपार्क पहिलो चरणमा ढलान र नाली निर्माणको काम शुरु गरेको हो । उक्त योजनाका लागि यस वर्ष रु ४० लाख विनियोजन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते