५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गढी गाउँपालिकाको बजेट रु ३२ करोड

१ श्रावण २०७५, मंगलवार ०५:४८

साउन १  इनरुवा | सुनसरीको गढी गाउँपालिकाले आफ्नो दोस्रो गाउँसभाबाट पारित बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार सभाबाट पारित आर्थिक वर्ष २०७५÷२०७६ को बजेट योजना, नीति तथा कार्यक्रममार्फत रु ३२ करोड सातलाख २९ हजार बराबरको बजेट सार्वजनीकिकरण गरेको हो । 

गढी गाउँपालिकाले आफ्नो बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा सम्पत्ति कर कडाइका साथ लागू गर्ने, विकासलाई साझेदारीको अवधारणाअनुसार सञ्चालन गर्ने, रु १० लाख बढीको योजना टेण्डरको माध्यमबाट मात्रै गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिनुभयो । 

यादवले आफ्नो बजेट वक्तव्यमा गाउँका छवटै वडाका सबै कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रको संरक्षणमा ध्यान दिने बताउनुभएको छ । 

गाउँपालिकाको सार्वजनीकिकरण कार्यक्रममा उपाध्यक्ष राजकुमारी चौधरी, २ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरी, ४ नम्बर वडाध्यक्ष रामचन्द्र महतोसहितका वडाध्यक्ष र जनप्रतिनिधिको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र भट्टराईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता