२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आन्तरिक राजश्व कार्यालयबाट पाँच अर्ब २१ करोड राजश्व संकलन

२०७५, २ श्रावण बुधबार ०९:१०

साउन २, विराटनगर | आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ । 

सो अवधिमा कार्यालयले रु पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिनुभयो । 

आव २०७३÷७४ मा कार्यालयले रु चार अर्ब ४६ करोड ७२ लाख १३ हजार राजश्व असुली गरेको थियो भने गएको आवमा अघिल्लो आवको तुलनामा रु ७४ करोड ६१ लाख नौ हजार बढी राजश्व संकलन गरेको थियो । 

आव २०७४÷७५ मा संकलित राजश्वमा आयकरतर्फ रु एक अर्ब ६२ करोड ३० लाख ६० हजार, बहालकर रु १० करोड ७० लाख २२ हजार, ब्याजकर रु पाँच करोड ९३ लाख ११ हजार, मूल्यअभिवृद्धि कर रु एक अर्ब २१ करोड ७८ लाख आठ हजार, अन्तःशुल्क रु दुई अर्ब ३५ करोड ६७ लाख ६९ हजार, स्वास्थ्य सेवा कर रु १२ करोड ३९ लाख ५१ हजार तथा शिक्षा सेवा कर रु दुई करोड ७६ लाख ७८ हजार रहेको छ । 

यसैगरी मोरङमा सबै प्रकारको गरी कूल रु ४० अर्ब ४१ करोड ६० लाख ८० हजार राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । सो राजश्व कृषि विकास बैंक उर्लाबारी, कृषि विकास बैंक विराटनगर, राष्ट्रिय वाणिज्य बैंक बेलबारी र राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह रानी विराटनगरबाट प्राप्त भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी