२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्राइम लाइफ इन्स्योरेन्सले ल्यायो यस्तो बिमा उपहार, एउटा खरिद गर्दा अर्को सित्तैमा

२०७५, १८ श्रावण शुक्रबार १२:०३

साउन १८, काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले 'प्राइम जीवन बीमा उपहार' नामक नयाँ बीमा लेख बजारमा ल्याएको छ। जीवन उपहार बीमालेख खरिद गर्दा बीमितले त्यतिनै बराबरको थप अर्को जीवन उपहार बीमालेख उपहारका रुपमा सित्तैमा पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टारार्इले बताए। 

 यसरी उपहार पाएको बीमालेखको बीमा शुल्क तिर्नु पर्दैन। साथै उपहारको रुपमा पाएको बीमालेख बराबरकै बीमाङ्क रकम र बोनस पनि पाउन सकिने भट्टरार्इले जनाए। बजारमा नयाँ नयाँ बीमालेख ल्याउने क्रममा बीमितलार्इ धेरैभन्दा धेरै फाइदा पुर्याउने हिसावले यस्तो बीमालेख ल्याइएको उनले प्रस्ट पारे। 

 यो बीमालेख १६ बर्षभन्दा माथिका नेपाली नागरिकले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। साथै बीमालेख खरिद गर्दा बीमाङ्क रकम न्युनतम ५ लाख रुपैयाँदेखि सुरु हुने छ। यदि बीमितले १० लाख रुपैयाँको प्राइम जीवन उपहार बीमालेख खरिद गर्यो भने उसले एक वर्षपछि १० लाख रुपैयाँ बराबरकै अर्को बीमालेख पाउछ। मूल बीमा लेखको बीमा शुल्क तिरेपछि उपहार स्वरुप पाएको बीमालेखको बीमा शुल्क तिर्नु पर्दैन। 

 यदि ३० वर्षको मानिसले बीमाङ्क रकम १० लाख रुपैयाँ बराबरको जीवन बीमा उपहार बीमालेख १६ वर्षमा परिपक्व हुने गरि खरिद गर्यो भने उसले वार्षिक ९१ हजार ६३० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ। मूल बीमा लेख र एक वर्ष पछि प्राप्त गरेको उपहार स्वरुप प्राप्त गरेको बीमा लेख एकै दिन परिपक्व हुन्छ। 

 यो बीमा लेख १६ वर्षपछि परिपक्व हुँदा बीमितले बीमाङ्क रकम र बोनस सहित ३२ लाख ५५ हजार रुपैयाँ पाउन सक्छ। यो रकम कम्पनीको बोनस दरको कारणले केहि तलमाथि हुन सक्छ। 

 यदि बीमितको दुर्घटना बीमा समेत लिन चाहेमा ऐच्छिक रुपमा लिन पाउँछ। यस्तो बीमा गर्दा बीमितको मृत्यु भएमा बीमितको परिवारले ५० लाख रुपैयाँसम्मको क्षतिपुर्ती पाउन सक्ने छन्। यदि बीमितको बीमा अवधि नसकिदै मृत्यु भएमा मूल बीमा लेख र उपहारस्वरुप पाएको बीमा लेखको बीमा लेख बराबरको रकम र बोनस पाउँन सक्छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ