२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थाभावले निर्माणाधीन चिस्यान केन्द्र अलपत्र

२०७५, १९ श्रावण शनिबार ०५:५९

लक्ष्मीप्रसाद सापकोटा | साउन  १९, पर्वत | जिल्लाका किसानले फलाउने तरकारी र फलफूल भण्डारणको योजनासहित निर्माण थालिएको कोल्डस्टोर (चिस्यान केन्द्र) भवन निर्माण विगत दुई वर्षदेखि अलपत्र छ । 

लागत अनुमान अनुसारको बजेट निकासा नहुँदा कोल्डस्टोर निर्माणकार्य अलपत्र बनेको हो । रु पाँच करोडको लागतमा दुई वर्षअघिदेखि निर्माण थालिएको भवनका लागि हालसम्म रु २४ लाख मात्रै निकासा हुँदा निर्माण कार्य अलपत्र छ । 

आर्थिक वर्ष ०७३÷७४ मा मोदी–२ देउपुरका खेमबहादुर हमालले पाँच आना जग्गा दिएपछि देउपुरमा कोल्डस्टोर निर्माण शुरु गरिएको थियो । भवन निर्माण समितिका अध्यक्ष गंगा तिमिल्सिनाका अनुसार शुरुको वर्ष रु ५० लाख विनियोजन भए पनि रु २४ लाखभन्दा बढी बजेट आएन । बजेट विनियोजन भएपछि काम शुरु गरिहाल्यौँ तर निकासा हुने बेला रु २४ लाख मात्रै पाइयो। महिला अध्यक्ष भएर शुरु गरेको भए पनि बजेट विनियोजनमा समेत राजनीतिकरण भएको उहाँको गुनासो थियो । 

दुई तले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य रहेको भए पनि लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलाल गरेर अलपत्र अवस्थामा छोडिएको छ । अहिले भवनको भुइँ तल्लामा स्थानीयवासीले घाँस पराल राख्ने स्टोरका रूपमा प्रयोग गरेका छन् । भवन बेवारिसे भएपछि त्यसबेलाको ढलान र प्लास्टरसमेत काम नलाग्ने भइसकेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । 

चिस्यान केन्द्रको निरन्तरताका लागि स्थानीयवासीले मोदी–२ देउपुर, मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्म गुहारे पनि अहिलेसम्म बजेट निकासा हुने कतैबाट आशलाग्दो खबर नपाइएको वडाध्यक्ष विकास तिमिल्सिनाले बताउनुभयो । “हामीले वडाबाट गाउँपालिका, प्रदेश हुँदै केन्द्रसम्म बजेट माग गरेका छौँ,” उहाँले भन्नुभयो, “प्रदेशमा एकमुष्ठ बजेट छुट्याइएको सुन्नमा आएको छ, तर पैसा आउने निधो छैन ।” 

देउपुरमा मात्रै बर्सेनि रु तीन करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । मौसममा रु ३० देखि ४० प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला बेमौसमसम्म राख्न सके रु १२० प्रतिकिलोमा बिक्री हुन्छ । “हाम्रै सुन्तलाको तीन गुणा बढी मूल्य पथ्र्यो,” किसान दाताराम चापागाईंले भन्नुभयो, “त्यसैका लागि हारगुहार गरेर निर्माण कार्य शुरु गरे पनि अहिले अलपत्र परेको देख्दा दुःखित् भएका छौँ ।” त्यस्तै क्याङ र लेस्पारमा फल्ने आलुको बीउ स्टोर गर्न सके बीउ राख्ने बेला प्रतिकिलो रु ७० मा बिक्री गर्न सकिने सम्बद्ध किसानको भनाइ थियो । 

जिल्लाका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भवनको क्षेत्रफलअनुसार क्षमता कम हुने बताउनुभयो । 

पाँच आना जग्गामा २४ फिट चौडाइ र ५२ फिट लम्बाइको भवनले जिल्लाभर उत्पादन हुने अन्न तथा फलफूल भण्डार गर्न असम्भव हुने जानकारी दिँदै उहाँले उक्त चिस्यान केन्द्र सम्पन्न गर्नका लागि आवश्यक बजेटको ब्यवस्था गर्न स्थानीय, प्रदेश वा संघीय सरकारमा पहल गरिने बताउनुभयो । अहिलेसम्म किसानले आलुको बीउ, सुन्तला, मकै, धानलगायत चिस्यान केन्द्रमा राख्न प्रतिक्विन्टल दुई हजारसम्म भाडा तिरेर पोखराम्म पुर्याउँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर