२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहामा कर बृद्धिको विरुद्धमा ज्ञापन–पत्र, माँग सम्बोधन नभए चरणवद्ध आन्दोलन

२०७५, ३० श्रावण बुधबार ०१:५७

राम नारायण पंडित | साउन ३०, सिरहा | वृद्धि गरेको करको बिरोधमा सर्वपक्षिय संयुक्त संघर्ष समितिले मिर्चैया नगरपालिकामा ज्ञापन–पत्र बुझाएका छन् । नगरपालिकाले कर, शुल्क र राजस्व अत्याधिक वृद्धि गरेर नगरवासीसबको ढाड सेक्नमा लागेको आरोप लगाउँदै समितिले बिभिन्न ८ बुँदे माँग राख्दै मंगलबार नगरपालिकाका मेयर श्रवण कुमार यादबलाई ज्ञापन–पत्र बुझाएका छन् । 

स्थानिय राजनितिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाज सम्मिलित सर्वपक्षिय संयुक्त संघर्ष समितिको टोलीले हाल नगरपालिका लिईरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित हुनुपर्ने, पुरानो कर पनि संशोधन पश्चात मात्र लागु गर्नुपर्ने, आ.व. २०७४÷०७५ को वडा र नगर स्तरीय  योजनाहरुको लागत ईष्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनु पर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनु पर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनु पर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराइ निःशुल्क हुनुपर्ने र विभिन्न शिर्षकमा वडा र नपामा खरिद भएका समाग्रीहरुको भुक्तानीको विवरण उपलब्ध गराउनु पर्ने माँग राख्दै मेयर यादबलाई ज्ञापन–पत्र बुझाएका हुन् । 


ज्ञापन–पत्र बुझ्दै मेयर यादबले माँग गरिएको विवरण १५ दिनपछि उपलब्ध गराउने बताए । माँग गरिएको सुचना दिन कुनै समस्या नरहेको भन्दै मेयर यादबले नेपाल सरकारको निति अनुसार कर लगाईएको बताए । उनले आन्तरिक छलफल गरेर करको बिषयमा निर्णय लिन सक्ने स्पष्ट गरे ।  कर सरकारको निति बामेजिम लगाईएकाले असन्तुष्टि भएको शिर्षकमा बसेर समस्या समाधान गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलले बताए । 

ज्ञापन–पत्र बुझाउन पुगेका उद्योग बाणिज्य संघ लहानका उपाध्यक्ष तथा स्थानिय व्यापारी अशोक कुमार साहले एकिकृत सम्पति कर खारेज गर्नुपर्ने माँग गरे । उनले अहिलेसम्म मालपोत राजस्व बाहेक कुनै कर नबुझाएको अबस्थामा एकै पटक बिभिन्न किसिमको कर लगाई समस्यामा पारेको बताए । आमनगरबासीको भाबनालाई ख्याल गरी नगरपालिकामा ज्ञापनपत्र बुझाउनु परेको स्थानिय राप्रपा (राष्ट्रवादी) का नेता राम प्रताप साह (भोला) ले बताए ।  ज्ञापन–पत्रमा ३ दिन भित्र सुचना उपलब्ध गराउने समयसिमा तोकिएको भएपनि १५ दिन पश्चात उपलब्ध गराउने मौखिक सहमति भएको स्थानिय ब्यापारी रुकेश साहले बताए । तत्कालको लागि बृद्धि गरिएको कर स्थगित गर्ने समेत सहमति भएको उनले बताए । 

माँग गरिएको बिबरण समयमा उपलब्ध नगराईए चरणवद्ध आन्दोलनमा उत्रने ज्ञापनपत्र मार्फत समितिले चेताबनी समेत दिएका छन् । 

ज्ञापन–पत्र बुझाउने क्रममा रामबिलास साह, रामप्रताप साह (भोला), जिबछ साह, प्र्रदिप महासेठ, सिताराम यादब, रमेश न्यौपाने, रामदयाल यादब, प्रदिप मंडल, रेणु शर्मा, राधाकृष्ण साह, असनारायण मंडल, अशोक कुमार साह, रुकेश साह, रामेश्बर यादब, लालदेब साह, हरेराम यादब, भरत महासेठ, लालबाबु महतो र रमेश श्रेष्ठ, लगायतका सहभागि रहेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी