२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भेरी–बबई डाइभर्सन आयोजना, ड्याम निर्माणको प्रक्रिया शुरु

२०७५, २ भाद्र शनिबार १७:३२

भदौ २, सुर्खेत | भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणका लागि ‘रिक्सजोन’ (खतरा क्षेत्र)पारगरेसंगै अन्य कामको प्रक्रिया अघि बढाइएको छ । सुर्खेतको हात्तीखालबाट शुरु भएको सुरुङ निर्माणको ‘तोली खोला’ लाई जोखिमयुक्त क्षेत्र मानिएको थियो । भेरी र बबईबाट ६/६ किलोमिटरको दुरीमा रहेको तोली खोला पारसंगै विद्युत गृह र ड्यामको निर्माण प्रक्रिया अगाडि बढाउन लागिएको हो ।

नेपालमै पहिलो पटक टनेल वोरिङ मेसिन (टिविएम) को प्रयोग गरी सुरुङ खन्ने कार्य भई रहेको छ । गत कात्तिक महिनाबाट टिवीएमको प्रयोगले सुरुङ खन्न थालिए पछि उक्त मेसिनले झण्डै सात किलोमिटर सुरुङ खनेसंगै विद्युतगृह र ड्याम निर्माण प्रक्रिया अघि बढाउन लागिएको बताइएको छ ।

चिप्लेस्थित भेरी नदीमा आयोजनाले विद्युतगृह र भेरीमा हेड निर्माणका लागि पनि ठेक्का प्रक्रिया सुरु गर्न लागेको आयोजनाका डिभिजनहाइड्रोजियोलोजिष्ट हरि खनालले जानकारी दिए । कागजी प्रक्रिया र डिजाइन तयार गरिसकेको भन्दै उनले अबको दुई महिनाभित्रै विद्युतगृह र हेड निर्माणका लागि ठेक्का आव्ह्रान गर्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।

१२ किलोमिटर लामो सुरुङ खन्न सुरु गरेयता ९ महिनामै शनिबारसम्म ७ किलोमिटर खनिएको छ । तोली खोलादेखि सुरुङसम्मको दुरी (गहिराई) २ सय १० मिटर मात्र छ । त्यहाँबाट पानी बग्ने र लेदो खालको माटो भए आयोजना असफल हुने अनुमान गरिएको थियो ।


टिबिएमले उक्त भाग पार गरेपछि अनुमान गरिएजस्तो जोखिम देखिएन । त्यसपछि सुरुङ निर्माण तीव्र पारिएको आयोजनाका हाइड्रोजियोलोजिष्ट खनालले बताए । ‘जोखिमयुक्त क्षेत्र पार गरेर मेसिन अगाडि गइसकेको छ,’ खनालले भने, ‘अब सुरुङ निर्माणको काम सम्झौता मितिभन्दा अगाडि नै सकिन्छ ।’ तोलीखोला आसपासको क्षेत्र सुरुङको सबैभन्दा जोखिमपूर्ण भुगोल मानिएको थियो ।

त्यही भएर एक किलोमिटर सुरुङ खन्न करिब ३ महिना लागेको खनालले बताए । मानवरहित मेशिनले दैनिक औसतमा ४० मिटर सुरुङ खन्ने गरेको थियो । तर उक्त भागमा भने दैनिक १०÷११ मिटर मात्र मेसिनले सुरुङ खन्दै आएको छ । सन् २०१३ बाटै निर्माण सुरु भइसक्नुपर्ने आयोजना विरोधका कारण ढिलाई शुरु भएको हो ।

दुई वर्षपछि २०१५ जुलाई ४ मा बल्ल निर्माण कम्पनीसँगको सम्झौताले अन्तिम रूप लिएपनि एक वर्षसम्म सुरुङ खन्ने काम शुरु भएन् । चीनको ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड’ (कोभेक) ले आयोजना निर्माण गरिरहेको छ । यो आयोजना २०२० सम्म सक्ने लक्ष्य छ ।

आयोजनाअन्तर्गत बबई नदी नजिकको हात्तीखालदेखि भेरी नदीको चिप्लेसम्म १२ किलोमिटर सुरुङ खनेर भेरीको पानी बबईमा खसालिनेछ । यसबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यही पानीबाट ४८ मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको कुल लागत १६ अर्ब ४५ करोड रुपैयाँ छ । यसमध्ये सुरुङ निर्माणमा मात्रै १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ ।

आयोजना ढिलाइ हुने संकेत

भेरी बबई डाइभर्सन आयोजना शुरु भएदेखी काम गरिरहेका आयोजना निर्देशक शिवकुमार बस्नेतको सरुवा भएको छ । आयोजनाका हरेक अवरोहलाई व्यवस्थापन गरिरहेका बस्नेतको सरुवा भएपछि समयमै निर्माण सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ । आयोजना निर्देशक बस्नेतसंगै डिभिजनल इन्जिनियर रुक्मागद खनाल र डिभिजनल हाइड्रोजियोलोजिष्ट अजयराज अधिकारीको समेत सरुवा भएको छ । आयोजना स्रोतका अनुसार बस्नेतको ठाउँमा संजिप बराल आउन लागेका छन् । तर अन्य दुइ डिभिजनल इन्जिनियर र डिभिजनल हाइड्रोजियोलोजिष्टमा को आउँदैछन् भन्ने थाहा नभएको आयोजना स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने