2026-08-29 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढीगण्डकी आयोजनामा फेरी अर्को निर्णय, मन्त्री परिषदकै निर्णय गोप्य !

असोज ७, काठमाडौँ | लामो समयसम्म मनपरी निर्णयको चेपुवामा पर्दै आएको बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माणबारे सरकारले अर्को निर्णय गरेको खुलाशा भएको छ । मन्त्रीपरिषदकै निर्णय समेत गोप्य बनाउदै शुक्रवारनै चिनिया कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपले यो आयोजना पुन: हात पार्न सफल भएको हो । 

प्रधानमन्त्री कार्यालयमा निवेदन हालेर चिनियाँ कम्पनीले उक्त आयोजना हात पारेपछी यस बिषयमा मन्त्रीपरिसदले शुक्रबारनै गरेको निर्णय शनिबार मात्र थाहा भएको हो । क्याबिनेट बैठकको निर्णय सार्वजनिक गर्दा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले महत्वपूर्ण बुढीगण्डकीबारे निर्णयको कुनै जानकारी समेत दिएनन् ।

यस अघि नेपाल सरकार आफैले निर्माण गर्ने भन्दै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँसमेत उठाउदै आएको अवस्थामा फेरी सुनिस्चित निर्माणको खाका बिना हचुवा तरिकाले पुन: चिनियाँ कम्पनीलाईनै आयोजना सुम्पिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजनालाई क्याबिनेट बैठकले किन लुकायो ? शुक्रवारनै भएको निर्णय किन शनिबार मात्र खुलाशा भयो ? यसअघि पनि यस आयोजना बनाउने सम्बन्धि निर्णयहरु किन लुकाइए ? बिबिध प्रश्नहरु उब्जिएका छन् । यस अघि ओलीनेतृत्वको सरकार, त्यसपछि प्रचण्ड नेतृत्वको सरकार हुँदै अब पुन: उही निर्णय दोहोरिनुले थप बिबाद थपिएको छ । 

बुढीगण्डकी आफैले बनाउने तयारी सहित अगाडी बढ्दै गर्दा निरन्तर दबावका बीच आयोजना गेजुवालाई दिने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको बुझिएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले आयोजना पहिलेकै जस्तो ईपीसीएफ मोडेलमा निर्माण गर्ने गरी गेजुवालाई जिम्मा दिएको छ । 

यस अघि कांग्रेस नेतृत्वको सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना आफैले बनाउने निर्णय गरेको थियो । प्रचण्ड प्रधानमन्त्री भएको अघिल्लो सरकारको निर्णय चिनियाँ कम्पनी गेजुबालाई जिम्मा दिने भनी गरेको निर्णय रद्द गर्दै कमल थापा उर्जामन्त्री हुँदा त्यतिखेरको मन्त्रिपरिषद्को बैठकले ८ वर्षभित्र आफैले त्यसको निर्माण पूरा गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ