2026-07-24 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्भेष्टमेण्ट बैंकको NIBL Mastercard, अब विश्वभरी प्रयोग गर्न सकिने

असोज २६, काठमाडौँ | आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको समुद्घाटन गरेको छ । 

NIBL Mastercard को समुद्घाटन पछि बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले मास्टरकाडसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउदै आफ्ना संजाल बैंकमार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्नेमा विश्वास दिलाउनु भयो ।

कार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका Vice President विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रसंशा गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकसँग भएको मास्टरकार्डको सहकार्यले थप भुमिका खेल्नेमा आशावादी रहेको बताउनुभयो । 

बैंकले आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय (Domestic) कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय (International)  कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मास्टरकार्डको सहकार्यमा NIBL Mastercard को समुद्घाटनसंगै तीन महिनासम्म आफ्ना ग्राहक महानुभावलाई बिना कुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो  मास्टरकार्डबाट कारोवार गरेवापत नगद फिर्ता भुक्तानी  (cash back) पनि उपलब्ध गराउने  योजना बैंकले ल्याएकोछ  । यसका लागि भने केहि शर्तहरु लागूहुने छ ।  

नेपालीहरुको महान चाडपर्व नजिकिदै गर्दा आफ्ना ग्राहकहरुलाई NIBL Mastercard ले  आर्थिक कारोवार गर्न सहयोग पुर्याउनेमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले विश्वास लिएकोछ ।  

७७ वटा शाखा पुगेको बैंकको नौ लाखभन्दा बढी उपभोक्ता रहेका छन् । अहिलेसम्म २६५७ वटा पस ( Point of Sale ) मेसिन जडान भइसकेका छन् भने १०५ वटा एटिएम पुगेको जानकारी बैंकले गराएको छ । भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म  “बैंक अफ द इयर”  अवार्ड प्राप्त गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक