2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको तार विस्तार शुरु, पाँच दिन विद्युत् अवरुद्ध हुने

रामहरि न्यौपाने | कात्तिक ७, बेत्रावती | निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो चरणमा सूर्यमतीबाट चतुराले हुँदै थानसिंहसम्मको खम्बा नं २४.१ देखि २९ नं सम्म ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई)ले तार तान्न थालेको छ । 

नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी प्रसारणलाइनमा खम्बा गाड्ने काम अन्तिम चरणमा पुगेपछि विद्युतीय तार जडान गर्न लागिएको हो । 

उक्त प्रसारणलाइनमा पर्ने १४० खम्बामध्ये अधिकांश खम्बा निर्माण भइसकेका र बाँकी खम्बा पनि तयार भइ ठड्याउन मात्र बाँकी रहेकोे उक्त आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रसारणलाइनमा कठिन मानिएका खम्बा निर्माण भइसकेकाले प्रसारणलाइन विस्तार गर्न थालिएको हो । “प्रसारणलाइन निर्माणमा स्थानीयवासीको अबरोध, मुआब्जा निर्धारणमा ढिलाइ र सामुदायिक वनक्षेत्र उपभोगमा आइपरेका कठिनाइ समाधान भएसँगै तोकिएकै मितिमा प्रसारणलाइन पूरा हुने निश्चित भएको छ ।” उहाँले भन्नुभयो, “त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्नका लागि विद्युत् प्रसारणलाइन निर्माणको काम तोकिएको समयमा पूरा गर्नुपर्ने बाध्यता भएकाले ठेकेदारलाई काम छिटो गर्न दबाब दिइरहेका छौँ ।” 

प्रसारणलाइन निर्माणको काम आगामी पुस १५ गतेभित्र सक्नुपर्ने जिम्मेवारी ठेकेदार कम्पनी सिडब्लुइलाई दिइसकिएको छ । उक्त मितिमा काम सम्पन्न गर्न निर्माणको हालको प्रगति सन्तोषजनक छ । उक्त आयोजनाबाट सन् २०१९ फेब्रुअरी ९ तारिख (विसं २०७५ माघ २६) मा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादनको योजना बनाइएकाले सो अवधि अगावै त्रिशूली–काठमाडौँ प्रसारणलाइन पूरा गर्नुपर्ने भएको छ । नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत् त्रिशूली–काठमाडौँ प्रसारणलाइनको एकै केन्द्रमार्फत केन्द्रीय प्रसारणलाइनसम्म जोड्न ४५ किमी प्रसारणलाइन निर्माण कार्यलाई महत्वको रूपमा लिइएको छ । 

प्रसारणलाइन निर्माणमा यही आयोजनाअन्तर्गत नेपालमा पहिलो पटक काठमाडौँको मातातिर्थदेखि केन्द्रीय प्रसारणलाइनको स्टेशनसम्म एक किमी दूरीको विद्युतीय तार विस्तारको काम भने भूमिगत गर्न लागिएको छ । 

प्रसारणलाइनमार्फत नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ए, थ्री बीमध्ये त्रिशूली गङ्गा–गल्छी–त्रिशूलीसहित सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारणलाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ । उक्त प्रसारणलाइन निर्माणका लागि रु दुई अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान छ । 

पाँच दिन विद्युत् अवरुद्ध हुने 

मङ्गलबारदेखि शुरु गर्न लागिएको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको विद्युतीय तार विस्तारको काम सहज बनाउन नुवाकोटको विभिन्न स्थानमा पाँच दिन दिनभर विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण शाखाका अनुसार त्रिशूली–काठमाडौँ प्रसारणलाइनको विद्युतीय तार विस्तारका लागि आगामी आइतबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा पूर्ण रूपमा बन्द गर्न लागिएको हो । 

वितरण शाखाले जारी गरेको सूचनाअनुसार देवीघाट जलविद्युत् केन्द्रमार्फत वितरण हुँदै आएको फिडर नं ३ अन्तर्गत पर्ने विदुर नगरपालिका वडा नं २ शेरादेखि चतुराले, मदानपुर, ककनी हुँदै ओखरपौवासम्मका एक हजारभन्दा बढी ग्राहकले उपभोग गर्ने विद्युत् सेवा पाँच दिन दैनिक नौ घण्टा बन्द हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई