२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पक्की पदमार्ग निर्माण

२०७५, ८ कार्तिक बिहीबार ०५:४१

कात्तिक ८, म्याग्दी (रासस) | बेनी नगरपालिका–८ कालीपुलदेखि जलजला गाउँपालिका वडा नं २, ३ र ४ मा पर्ने मल्लाज जोड्ने पक्की पदमार्ग निर्माण भएको छ । 

विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भगवती कोत मन्दिर परिसरसम्म करीब दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । 

पाँच वर्षअघि कालीपुलदेखि शुरु भएको पदमार्ग निर्माणले यस वर्ष पूर्णता पाएको डिलफाँट–कोतघर पदमार्ग उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताउनुभयो । तीन चरणमा रु ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण भएको अध्यक्ष बरुवालले जानकारी दिनुभयो । 

संस्थाको रु ५९ लाख ८६ हजार ३५२ सहयोग र स्थानीयवासीको रु १७ लाख ३३ हजार ७७७ को लागतमा तीन वर्षअघि कालीपुलदेखि डिलफाँटसम्म पदमार्ग निर्माण भएको थियो । 

यस वर्ष संस्थाको थप रु छ लाख ३३ हजार र स्थानीयवासीको रु दुई लाख ७६ हजार ७५१ को लगानीमा ३०० मिटर पदमार्ग बनाएर कोतघर परिसरमा पुर्याइएको हो । साविक माझफाँट गाविस र वडाले पनि डिलफाँटदेखि कोतघरतर्फ ३०० मिटर पदमार्ग निर्माण गरेका थिए । 

पदमार्ग निर्माण भएपछि बेनीबजारका साथै बगरफाँट वारिबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ । 

यसअघि भीरको साँघुरो बाटोमा जोखिम मोलेर आवतजावत गर्दै आएका स्थानीयवासीले अहिले सुरक्षित रूपमा हिँडडुल गर्न पाएको मल्लाजका नविन जिसीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते