2026-10-15 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चीन र भारतलाई जोड्ने हिल्सा–सुर्खेत–जमुनाह सडकको सम्भाव्यता अध्ययन सुरु

कात्तिक २८, सुर्खेत | चीन र भारतलाई जोड्ने हिल्सा–सुर्खेत–जमुनाह त्रिदेशीय सडकको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । चीन सरकारको स्वामित्व रहेको चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीले मंगलबामरदेखि उक्त सडकको सम्भाव्यता अध्ययन थालेको हो ।

कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीको प्रतिनिधी टोलीले उक्त सडकको हवाई सर्भे गरेको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक बिकास मन्त्री दल रावल, भौतिक पूर्वाधार बिकास मन्त्री खड्ग खत्री र विपक्षी दलका नेता जीवनबहादुर शाही र कम्पनीको तर्फबाट कविन्द्र जोशी नेतृत्वको १२ सदस्यीय टोलीले हेलिकोप्टरबाट त्रिदेशीय सडकको सम्भाव्यता अध्यययन सुरु गरेको जनाइएको छ । ‘सडकको सम्भावितस्थल रुटको हवाई अध्ययन थालिएको छ’ मन्त्री ज्वालाले भने, ‘भोली (बुधबार)बाट चाइना रेलवे कम्पनीको एक प्राविधिक समूहले सडकमार्ग भएर अध्ययन गर्ने र कर्णाली सरकारले विभिन्न क्षेत्रसंग छलफल गर्नेछ ।’

झण्डै एक महिना कर्णालीमा रहने चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीको प्रतिनिधी टोलीले दुई साताभित्र उक्त सडककको सम्भाव्यता प्रतिवेदन बनाई सरकारलाई बुझाउने छ । सडकको सम्भाव्यता र लागत अनुमान समेत कम्पनीले तयार गरेको प्रतिवेदनका आधारमा नेपाल सरकार, कर्णाली प्रदेश सरकार र चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीको लगानी तथा अन्य सहयोगका बारेमा छलफल गरिने मन्त्री ज्वालाले बताए । असोजमा भएको कर्णालीका मुख्यमन्त्री शाहीको चीन भ्रमणको क्रममा पहिलो चरणमा चीन सरकारको सहयोगमा हिल्सा–सुर्खेत–जमुनाह सडक निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने सहमती भएको थियो । चाइना रेलवे इन्जिनियरिङ्ग कम्पनीले सम्भाव्यता अध्ययनपछि प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा संघीय सरकारसँग सम्झौता गरेर यो द्रुतमार्ग निर्माणको काम अगाडि बढाइने गरी सहमति भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । कर्णालीको विकास र समृद्धिको मेरुदण्ड भएको हिल्सा–जमुनाह सडक निर्माणले अन्य विकासका आधारहरू तयार गर्ने उनको विश्वास छ ।

चीनको तिब्बत र भारतको उत्तरप्रदेशसँग जोडिने त्रिदेशीय मार्ग कर्णाली र प्रदेश ५ लाई समेट्नेछ । उत्तरी नाका हिल्साबाट दक्षिणी नाका जमुनाहसम्म पाँच सय २१ किलोमिटर हुनेछ । यसले हिल्सा, सिमिकोट, लैफु, खुलालु, बामेसिमल, नेपालगन्ज हुँदै जमुनाहलाई जोड्नेछ । यसले तिब्बतको हिल्सासँग कर्णाली प्रदेशको सम्बन्ध जोड्ने विश्वास गरिएको छ । छिमेकी देशसँग सीधा र सहज आवतजावत नभएको कर्णाली प्रदेश मात्रै हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन