२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुर्खेतमा मौसमी राडार

२०७५, ३० कार्तिक शुक्रबार ०४:१७

कात्तिक ३०, सुर्खेत (रासस) | डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ । 

जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने ‘मौसमी राडार’ जडान गरेको हो । राडारबाट बाढी, पहिरो र डुबानजस्ता विपद्बारे सर्वसाधारणले पूर्व सूचना पाउनसक्ने भएका छन् । 

बाढीपहिरो, डुबानले पश्चिम क्षेत्रमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पु¥याउने भएकाले पूर्व सतर्कताका लागि नमूनाका रुपमा उक्त स्थानमा राडार जडान गरिएकोे हो । रातानाङला समुद्री सतहबाट दुई हजार २४४ मिटर उचाईमा छ । मध्य तथा सुदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयका अनुसार राडारले दुई सय किमी दूरीसम्मको मौसम र त्यसले निम्त्याउन सक्ने जोखीमबारे पूर्वानुमान गर्नेछ । 

कार्यालय प्रमुख निराजन सापकोटाले पाँच नम्बर, कर्णाली र सुदुरपश्चिम प्रदेशका साथै छिमेकी मुलुक भारतका केही भूभागमा समेत राडारले सङ्केत गर्ने बताउनुभयो । “कहाँ, कति वर्षा भयो, कति हुँदैछ भन्ने सूचना प्राप्त हुन्छ । बाढीबाट सर्वसाधारणलाई जोगाउन मद्दत पुग्नेछ” उहाँले भन्नुभयो, “पानीको विश्लेषण गर्न सकिने हुँदा हवाई उड्डयनका लागि पनि मौसमी राडार उपयोगी मानिएको छ ।” 

विश्व बैंकको सहयोगमा रु २६ करोडको लागतमा राडार जडान गरिएको हो । मध्य क्षेत्रको पाल्पा र पूर्वको उदयपुरमा पनि यसप्रकारको राडार जडान गर्ने सरकारको तयारी छ । उक्त विभागले मातहतका निकायलाई प्रादेशिक संरचनामा लैजाने क्रममा सुर्खेतस्थित क्षेत्रीय कार्यालय कोहलपुर स्थानान्तरण गर्ने भएपछि राडार सञ्चालनमा समस्या देखिएको छ । राडार जडान भए पनि आवश्यक कर्मचारी नहुँदा अन्य प्रविधिक काम भने अधुरो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी