२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानीय तहले दैलेख उज्यालो बनाउने

२०७५, ७ मंसिर शुक्रबार १०:१९

मङ्सिर ७, दुल्लु (रासस) | दैलेखका ११ स्थानीय तहले सामुदायिक ग्रामीण विद्युतीकरणका लागि साझेदारी गर्ने भएका छन् । 

नेपाल विद्युत् प्राधिकरण, सामुदायिक ग्रामीण विद्युतीकरण विभाग, सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालले आज दैलेखमा आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका सांसद तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखसँग गरेको छलफलमा स्थानीय तहले उक्त साझेदारी गर्न तयार भएका हुन् । 

अब दैलेख उज्यालो बनाउन जिल्लाका ११ स्थानीय तहले सामुदायिक ग्रामीण विद्युतीकरणका लागि साझेदारी गर्नेछन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष नारायण ज्ञवालीका अनुसार सामुदायिक ग्रामीण विद्युतीकरणका लागि साझेदारी कार्यक्रम अन्तर्गत ९० प्रतिशत लगानी सरकारको हुनेछ भने १० प्रतिशत लगानी उपभोक्ताको रहनेछ । सरकारले आगामी पाँच वर्षमा सबै नेपालीको पहुँचमा बिजुली पुर्याउने लक्ष्य पच्छ्याउँदै स्थानीय तहले विद्युतीकरणका लागि साझेदारी गर्न तयार भएका हुन् । 

दैलेखमा गरिएको छलफलमा महासङ्घका अध्यक्ष ज्ञवालीले सामुदायिक ग्रामीण विद्युतीकरण प्रर्वद्धन कार्यक्रमले नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण, स्थानीय सरकार र समुदायलाई समेटेको बताउनुभयो । उहाँले सामुदायिक ग्रामीण विद्युतीकरण प्रवद्र्धन कार्यक्रमको प्रक्रिया, निर्माण प्रक्रियाका चरण, निर्माण सम्पन्न भए पश्चातका चरणबारे जानकारी गराउनुभयो । 

सबै नेपालीको घर/घरमा विद्युत् सेवा पुर्याउनका लागि समुदाय र तीन तहका सरकारको प्रयास आवश्यक रहेको उहाँको भनाइ छ । “नेपालमा सामुदायिक ग्रामीण विद्युतीकरण प्रर्वद्धन कार्यक्रम शुरु भएको १५ वर्ष पुगेको, यस कार्यक्रममा २८२ सामुदायिक संस्था सहभागी रहेका छन् भने कैलाली र कञ्चनपुरका मात्रै २१६ संस्था सहभागी रहेका छन्, ” अध्यक्ष ज्ञवालीले भन्नुभयो । 

उहाँका अनुसार सोही कार्यक्रम अन्तर्गत नेपालमा हाल ५० भन्दा बढी परियोजना निर्माणको चरणमा छन् भने हालसम्म रु एक अर्ब ३० करोड भन्दा बढी लगानी स्थानीय समुदायले गरेका छन् । 

निर्माण सम्पन्न भएका परियोजनाबाट विद्युत् सेवा प्रयोग गर्ने ग्राहकको सङ्ंख्या पाँच लाख भन्दा बढी रहेको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो । सोही अवसरमा यहाँका जनप्रतिनिधिले दुल्लु नगरपालिका र आठबीस नगरपालिकाको बिचमा सवस्टेशन निर्माण गर्न माग गरेका छन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले आगामी तीन वर्षभित्र दैलेख उज्यालो बनाउने अभियानका साथ अगाडि बढ्न स्थानीय तहका प्रमुख उपप्रमुखलाई सुझाव दिनुभयो । 

प्रतिनिधिसभा सदस्य पार्वतीकुमारी विशुन्केका अनुसार दैलेख क्षेत्र नं १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तगर्तको बजेट यस क्षेत्रका सबै स्थानीय तहमा विद्युतीकरण गर्ने योजना सहित विनियोजन भइसकेको छ । 

दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले विद्युतीकरणका लागि बजेटको अभाव नरहेको बताउँदै यो कार्यक्रम टोल विकास समिति बनाएर अगाडि बढाउन सकिने धारणा राख्नुभयो । 

डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष सीता ज्ञवालीले जिल्लाका ११ वटै स्थानीय तहले विद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभयो । आठबीस नगरपालिकाका उपप्रमुख दिपा बोहोराले विद्युत् क्षेत्रमा बजेट विनियोजन गरे पनि प्राविधिक ज्ञान नभएका कारण अलमलमै परेको बताउनुभयो । 

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले सामुदायिक ग्रामीण विद्युतीकरण प्रर्वद्धन कार्यक्रमले दैलेख उज्यालो बनाउने अभियानमा सहयोग पुर्याउने धारणा राख्नुभयो । 

यहाँका स्थानीय तहसँग कति नागरिकको पहुँचमा विद्युत् सेवा पुगेको छैन् भन्ने तथ्याङ्क पनि छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा