२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रवासबाट विद्यालय पुनःनिर्माण र बाढीपीडितका लागि रु १८ लाख सहयोग

२०७५, १० मंसिर सोमबार ०४:४७

मङ्सिर १०, बेनी | म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले बगाएको रितुङ माविको पुनःनिर्माण र घरबारविहीन बाढीपीडितको लागि करीब रु १८ लाख राहत जुटेको छ । 

प्रवासमा रहेका कुइनेमङ्गलेवासीबाट गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको बाढीको कटानको चपेटामा परेको विद्यालय र घरबारविहीन बनेका स्थानीय दुई घरपरिवारको लागि सहयोग जुट्न थालेको हो । 

विद्यालयको पुनःनिर्माण र घरबारविहीनको घर निर्माणको लागि बेलायतमा रहेका कुइनेमङ्गलेवासीको पहलमा रु १३ लाख ९० हजार ५३० सहयोग जुटेको छ । बेलायतमा बस्ते कुइनेमङ्गलेका मीमप्रसाद छन्त्यालको नेतृत्वमा, त्यहाँ रहेका म्याग्दीवासी र नेपालीबाट सङ्कलन भएको सहयोग रकममध्ये विद्यालयको पुनःनिर्माणको लागि रु सात लाख ९० हजार ५०० र नदी कटानबाट घरबारविहीन भएका दुई घरपरिवारलाई रु छ लाख राहत उपलब्ध गराइएको छ । 

विद्यालयमा आइतबार आयोजित कार्यक्रममा समन्वयकर्ता एवं छन्त्याल सङ्घ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष गमान छन्त्याललाई विद्यालयलाई प्राप्त सहयोग हस्तान्तरण गर्नुभयो । 

त्यस्तै बाढीपीडितको लागि आएको सहयोग रिखार आमा समूह खरिबोटका उपाध्यक्ष गीता फगामी छन्त्याल, कोषाध्यक्ष सोमकुमारी छन्त्याल र बाढीपीडित यामबहादुर चन्दलाई हस्तान्तरण गरिएको थियो । यामबहादुर र चन्द्रबहादुर चन्दको घर रघुगङ्गा नदी कटानबाट पूर्णरुपमा क्षति भएकाले घरको पुनःनिर्माणमा सहयोग गरिएको हो । 

त्यस्तै सोही अवसरमा बेनीस्थित रिहगाद बहुउद्देश्यीय सहकारी संस्थाले समेत विद्यालयको पुनःनिर्माणको लागि रु ८० हजार सहयोग प्रदान गरेको छ । कार्यक्रममा सहकारीका उपाध्यक्ष शान्ति पुन, सहसचिव सुनिता मल्ल र सदस्य दमकुमारी छन्त्यालले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गर्नुभयो । 

सोही कार्यक्रममा अमेरिकामा रहनुभएका खरिबोटका कमल छन्त्यालले सङ्कलन गर्नुभएको रु दुई लाख ७७ हजार ८३३ अभियन्ता छन्त्यालका बुबा एवं नेपाली काङ्ग्रेस कुइनेमङ्गले गाउँ एकाइ समितिका सभापति भीमबहादुर छन्त्यालमार्फत् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्याललाई हस्तान्तरण गरिएको थियो । 

रघुगङ्गा नदीमा आएको भीषण बाढीले रु पाँच करोड बढीको भौतिक पूर्वाधार बगाएर क्षतिग्रस्त बनेको रितङ माविको पुनःनिर्माणको लागि सो अवसरमा छन्त्याल सङ्घ म्याग्दीका अध्यक्ष चित्रमान छन्त्याल र गमान छन्त्यालको परिवारबाट रु दुई लाख सहयोगको घोषणा भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण