2026-08-29 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बुढीगण्डकी आयोजना: डुवान क्षेत्रका वासिन्दालाई पुनर्बास तयारी सुरु

मङ्सिर १३, काठमाडौँ | बुढीगण्डकी आयोजना डुवान क्षेत्रका वासिन्दाको पुनर्बासका लागि सरकारले तयारी सुरु गरेको छ । 

दिवान क्षेत्रका वासिन्दाहरुलाई पुनर्बासका लागि पहिलो चरणमा त्यससम्बन्धि नीति बनाउन आयोजनाको वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्थापना इकाइको छलफल सुरु भएको हो । भदौ २८ र २९ गते स्थानीय तहका जनप्रतिनिधिसँग र असोज २२ गते अन्य आयोजनाहरुका पुनर्बास विशेषज्ञहरुसँग छलफल भएको बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा पुनर्बास तथा पुनर्स्थापना इकाइका संयोजक कृष्णबहादुर कार्कीले जानकारी दिए ।

बिहीबार काठमाडौंमा बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रका वासिन्दा तथा गोरखा र धादिङ जिल्लाका सांसदहरुसँग छलफल गरिएको छ । जानकारी अनुसार पहिलो चरणमा पावरहाउस र ड्याम साइटका वासिन्दाहरुलाई पुनर्बास गराइने छ । 

तश्वीर: अनिल अधिकारी 

१८ अर्ब २१ करोडभन्दा बढी रुपैयाँ मुआब्जा वितरण

यसैबीच बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा अहिलेसम्म १८ अर्ब २१ करोडभन्दा बढी रुपैयाँ मुआब्जा वितरण भएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाको लागि २०७३ मंसिरमा मुआब्जा घोषणा गरिएको थियो । त्यसयता गोरखा र धादिङ जिल्लामा गरि कुल प्रभावित क्षेत्र मध्ये झन्डै आधाले मुआब्जा पाएका छन् । 

संयोजक कृष्णबहादुर कार्कीका अनुसार गोरखा र धादिङ गरि ८ हजार ७ सय ३५ घरधुरीले मुआब्जा पाएका छन् । आयोजनाका लागि करिब ५८ हजार रोपनी व्यक्तिगत जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म ३० हजार ५ सय ६९ रोपनी जग्गाको मुआब्जा वितरण सकिएको छ । चालु आर्थिक वर्षमा सरकारले बुढीगण्डकी आयोजनाको मुआब्जा वितरणका लागि १८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । 

डुवान क्षेत्रमा पर्ने बजार क्षेत्र गोरखा/धादिङ दुवैतर्फमा पर्ने महत्वपूर्ण बजार आरुघाट र आर्खेतको मुआब्जा अझै तोकिएको छैन । त्यस्तै धादिङको खहरे बजारको मुआब्जा पनि अहिलेसम्म तोकिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ