२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पूर्ण स्वचालित अनलाइन प्रणाली आइतबारदेखि

२०७५, २२ मंसिर शनिबार ०९:३५

मङ्सिर २२, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सञ्चालनमा ल्याउने भएको छ । 

गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा ल्याएको भए पनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन । प्रणाली सञ्चालन गर्न नसकिएको भन्दै गुनासो आएको थियो । बजारसमेत प्रभावित भएको भन्दै लगानीकर्ताले स्टक र धितोपत्र दलाल व्यवसायीसँग गुनासो गरेका थिए । सबै पक्षको गुनासो सम्बोधन हुने गरी आवश्यक तयारी गरिएको स्टकले जनाएको छ । स्टकका प्रवक्ता मुरहरि पराजुलीले आइतबारदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याउन स्टक, धितोपत्र दलाल व्यवसायी र लगानीकर्ता सहमत भएको बताउनुभयो । 

पूर्ण स्वचालित अनलाइन प्रणालीमा देखिएका समस्या समाधान भएको जानकारी दिँदै प्रवक्ता पराजुलीले धितोपत्र दलाल व्यवसायीले आवश्यक तयारी गरेको उल्लेख गर्नुभयो । प्रणाली सञ्चालन गर्न धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने सम्झौतापत्र तयार पारिएको छ । सबै लगानीकर्ताको हात हातमा पु¥याउने लक्ष्य राखिएको छ । धितोपत्र कारोवार सञ्चालन विनियमावली २०७५ का आधारमा सम्झौता गरी कारोवार हुनेछ । त्यसबाट शेयर खरीद बिक्रीको प्रक्रियामा रहेको जोखिम तथा अन्य कठिनाइ व्यवस्थापन गर्न सहज हुनेछ । 

प्रवक्ता पराजुलीका अनुसार सम्झौतापत्रमा दुवै पक्षले पालना गनुपर्ने ३९ बुँदे शर्त समावेश गरिएका छन् । सम्झौतापत्रमा ब्रोकरलाई प्रथम पक्ष र लगानीकर्तालाई दोस्रो पक्षका रुपमा लिइएको छ तर बैंक खाताबाट शेयर बिक्रीकर्ता वा खरीदकर्ताले भुक्तानी गर्ने रकमका सम्बन्धमा भने अझै तयारी पूरा भइसकेको छैन । त्यसका कारण कारोवार अनलाइन प्रणालीबाट भए पनि भुक्तानीका लागि भने अझै केही समय धितोपत्र दलाल व्यवसायी कहाँ नै जानुपर्नेछ । (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु