६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सांसद विकास कोषको रकमले बैतडीका १२ सडक निर्माण गरिने, कुन योजनालाई कति ?

२४ मंसिर २०७५, सोमबार ०३:३६

मङ्सिर २४, बैतडी (रासस) | सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । 

रु चार करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन् । भौगोलिक विकटताले पछि परेको बैतडी जिल्लाको दशवटै स्थानीय तहमा सडक निर्माण हुने भएका छन् । रु चार करोडमध्ये करीब रु तीन करोड सडकमै छुट्याइएको छ । 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका संयोजक तथा प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले सांसद विकास कोषबाट बैतडी जिल्लाका झण्डै १२ वटा सडक निर्माण गर्ने निर्णय गर्नु भएको छ । समावेशीका आधारमा विभिन्न स्थानीय तहका प्रमुखसँग परामर्श र छलफल गरी योजना निर्माण गर्न लागिएको योजना छनोट समितिका सदस्य एवं प्रदेशसभा सांसद लीलाधर भट्टले बताउनुभयो । 

सांसद विकास कोषबाट दोगडाकेदारको खोचलेक–सित्तड–रीम सडकलाई रु ५० लाख, सुर्नयाको ढोल्यामोड–शिखरपुर वडा कार्यालयसम्म सडकलाई रु ५० लाख, मेलौलीको सूर्नयाखोला लघु जलविद्युत् योजनालाई रु २५ लाख छुट्याइएको छ । 

त्यसैगरी चुच्चाई खोल्सी–सुकेली सडक पानपा रु २० लाख, दुर्गा मावि खलिगाड, मेलौली भवन निर्माण रु १० लाख, वृन्दावन–बसेरा सडक, सिगास रु १५ लाख, चडेपानी सिँचाइ योजना, सिगास रु १० लाख, शारदा मावि भौतिक सुधार, सिगास रु १० लाख, पसेरा खेलमैदान रिङरोड सडक, डिलासैनी रु ३८ लाख, गढीखेल मैदान दनपा–४ रु ११ लाख, मदन मण्डारी स्मृति भवन पानपा रु १० लाख, भरतपुर खेलमैदान पानपा रु १० लाख, डैसिली–लदौली सडकखण्ड पानपा रु १० लाख रकम छुट्याइएको छ । 

चौमला–विजयपुर र हाट महादेवस्थान सडक पुर्चौडी रु २९ लाख, कौलाडीगाड चौकाडी तटबन्द निर्माण पुनपा रु १२ लाख, दन्नी देवहडा सडक र स्वलपाला शर्माली सडक शिवनाथ रु ३० लाख, सिन्केलेक पितलथला सडक दनपा रु १० लाख, गुरुखोला कलौनी श्रीकोट र देहीमाडौँ नयाँबजार–कुमालीगाड–दुर्गास्थान सलेना सडक दनपा रु २० लाख, गिरेगाडा–तालीगडा–मेलौली सडक पञ्चेश्वर रु १५ लाख र गापा कार्यालय रोडीदेवल जोडिने सडक पञ्चेश्वर रु १५ लाख बराबरका २० योजना स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले छनोट गरेका छन् । उक्त कार्यक्रमबाट हरेक स्थानीय तहका लागि कम्तीमा पनि रु ३० लाखसम्म छुट्याइएको छ । 

योजना बनाउँदा सांसदसँग आएका माग र स्थानीय तहमा आएका मागका आधारमा रकम बाँडिएको बताइएको छ । प्रतिनिधिसभा सांसदका साथै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सांसद, जिल्ला समन्वय समिति प्रमुख तथा उप–प्रमुख र हरेक स्थानीय तहका प्रमुख तथा अध्यक्ष सम्मिलित समितिले उक्त रकम बाँडफाँट गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता