२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘विकासका लागि स्थानीय अग्रसर हुनुपर्छ’ – गण्डकी प्रदेशका मुख्य मन्त्री

२०७५, ९ पुष सोमबार १३:५८

पुष ९, दमौली (रासस) | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि स्थानीय आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । 

तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौँडा बजार एकाइको आयोजनामा आजदेखि शुरु भएको प्रथम शुक्लागण्डकी महोत्सवको उद्घाटन गर्दै उहाँले स्थानीय अग्रसर नभएसम्म विकास असम्भव रहेको बताउनुभयो । उहाँले विकासका लागि सङ्घीय र प्रदेश सरकार सहयोगी बन्न सक्ने बताउँदै स्थानीयको अग्रसरता र सरकारको सहयोगले मात्रै विकास सम्भव रहेको धारणा व्यक्त गर्नुभयो । 

मुख्यमन्त्री गुरुङले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा सबै जनताको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो । शुक्लागण्डकी नगरपालिकालाई स्याटलाइट सिटीको रुपमा विकास गर्ने सरकारको सोच रहेकोले त्यसको लागि योजना सरकारले बनाइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले प्रदेशभित्र हाल १४ प्रतिशत जनता गरिबीको रेखामुनी रहेकोले ५ वर्षभित्र गरिबीलाई ७ प्रतिशतमा झार्ने र १० वर्षभित्र गरिबमुक्त प्रदेश बनाउने योजनाका साथ सरकार लागि परेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्य आशा कोइराला, मोहन रेग्मी, प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, नगरपालिकाका प्रमुख किसान गुरुङ, तनहुँ उद्योग वाणिज्य सङ्घ एकाइ सभापति राजकुमार वाग्ले, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पिएल श्रेष्ठलगायतले स्थानीय उत्पादनको बजारीकरणमा गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

पुस १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा रु पाँच करोडको आर्थिक कारोवार हुने र तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रवक्ता हरिबहादुर खड्काले बताउनुभयो । महोत्सवमा २०० कक्ष रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी