2026-06-20 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण

पूर्णप्रसाद मिश्र | पुष १०, काठमाडौँ (रासस) | गोरखा भूकम्पले भत्किएका तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न भएको छ । अनुदान सम्झौता गरेकामध्ये ४५ प्रतिशत घर बनेको छ । 

निर्माणाधीन घर सङ्ख्या दुई लाख ३३ हजार ३४३ पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण स्थापना भएको तीन वर्ष पुगेको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अनुदान सम्झौता गरेकामध्ये ३२ प्रतिशत घर निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो । 

“निर्माण सम्पन्न र निर्माणाधीन घर सङ्ख्या पाँच लाख ७० हजार ६६२ अर्थात् ७७ प्रतिशत पुगेको छ, प्रतिकूल परिस्थितिका बाबजुद भएको यो उपलब्धिलाई सकारात्मकरुपमा लिनुपर्छ,” उहाँले भन्नुभयो । भूकम्पपछिको सर्वेक्षण र गुनासो व्यवस्थापनबाट आठ लाख ८४ हजार ८०० लाभग्राही अनुदानका लागि छनोट भएका छन् । जसमा पुनर्निर्माण लाभग्राही सङ्ख्या आठ लाख २२ हजार ९०९ र प्रबलीकरण लाभग्राही सङ्ख्या ६१ हजार ८९१ छ । कूल लाभग्राही सङ्ख्याको ९० प्रतिशतले अनुदान सम्झौता गरेका छन् । 

अनुदान सम्झौता गर्ने लाभग्राहीको सङ्ख्या सात लाख ४२ हजार १६५ पुगेको छ । अनुदान सम्झौता गरेकामध्ये ९९ प्रतिशतले पहिलो किस्ता बुझेका छन् । पहिलो किस्ता लिने भूकम्पपीडितको सङ्ख्या सात लाख ३३ हजार ९०५ छ । दोस्रो किस्ता लिने लाभग्राही पाँच लाख २३ हजार ३७३ अर्थात् ७१ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । 

निजी आवास निर्माण सम्पन्न गरेका ४५ प्रतिशत पीडितले तेस्रो किस्ता पाइसकेका छन् । लाभग्राही सूचीमा नपरेपछि चार लाख ३६ हजार ९११ ले गुनासो दर्ता गरेका थिए । जसमध्ये एक लाख २९ हजार ४१० घरको पुनः सर्वेक्षण गरिएको थियो । सूचना प्रणालीबाट चार लाख ३४ हजार ९१३ गुनासो पुनरावलोकन गरिएको छ । पुनरावलोकनबाट एक लाख ३१ हजार ७३२ लाभग्राही थपिएका छन् । गुनासो व्यवस्थापनबाट ८८ हजार १०५ पुनर्निर्माण र ४३ हजार ६२७ प्रबलीकरण लाभग्राही सूचीकृत भएका छन् । प्राधिकरणको टोल फ्रीबाट सेवा लिनेको सङ्ख्या २५ हजार नाघेको जनाइएको छ । 

प्राधिकरणको गुनासो व्यवस्थापनमा चित्त नबुझेकाले पुनरावेदन समितिमा उजुरी गर्न सक्ने कानूनी व्यवस्था छ । जसअनुसार हालसम्म समितिमा तीन हजार २१२ निवेदन दर्ता भएका छन् । जाँचबुझ गरी दर्ता भएका निवेदन एक हजार १८५ छन् । जसमध्ये ५८२ उजुरीको प्रमाण बुझ्न आदेश भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्मेलनमा जानकारी दिनुभयो । त्यसमध्ये ८५ मुद्दामा प्रत्यार्थी झिकाउने आदेश भएको छ । 

भूकम्पपीडित सबैको सुरक्षित आवासको सुनिश्चितता गर्ने नीति प्राधिकरणले लिएको छ । भूकम्पपीडित कोही नछुटून् र कोही नदोहोरिऊन् भन्ने सोच अघि सारिएको उहाँले सुनाउनुभयो । पारदर्शिताको सुनिश्चितताका लागि बैंक खातामार्फत अनुदान रकम भुक्तानीको व्यवस्था गरिएको छ । लाभग्राही सूचीमा सूचीकृत भएकालाई प्राधिकरणले प्राविधिक निरीक्षणका आधारमा तीन किस्तामा रु तीन लाख भुक्तानी गर्ने कार्यविधिमा उल्लेख छ । पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिइन्छ । पहिलो किस्ताले जग निर्माण सकेपछि दोस्रो किस्ताका लागि सिफारिश गरिन्छ । दोस्रो किस्ताले घर उठाएपछि छाना छाउन तेस्रो किस्ता दिइन्छ । 

भूकम्प प्रभावित ३२ जिल्लामा पुनर्निर्माणलाई सहज बनाउन जिल्ला समन्वय समिति गठनको प्रक्रिया अघि बढेको छ । हालसम्म १२ जिल्लामा समिति गठन भइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । समितिमा सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि सदस्य रहने व्यवस्था छ । समितिको नेतृत्व सङ्घीय संसद्का सदस्यले नेपाली वर्णानुक्रमानुसार गर्नुहुनेछ । स्थानीय तहस्तरमा पनि समिति गठन प्रक्रिया शुरु भएको प्राधिकरणले जनाएको छ । विद्यालय पुनर्निर्माण ८० प्रतिशत सम्पन्न भएको छ । ९५ प्रतिशत सरकारी भवन पुनर्निर्माण सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ