२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब जापान जान नेपालकै जहाज, सातामा १४ उडान भर्न पाउने

२०७५, ११ पुष बुधबार ०४:४२

पुष ११, काठमाडौँ | जापानले नेपाल सहित ९ देशबाट कामदार लिने चर्चा चल्दै गर्दा अब २ महिनाभित्रै नेपाल-जापान सिधा हवाई सेवा सुरु हुने भएको छ | 

नेपाल वायु सेवा निगमको नेपाल एयरलाइन्सले अबको दुई महिना भित्रमा उडान सुरु गर्न लागेको हो | संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले आगामी दुई महिनामा नेपाली विमानले जापानको उडान भर्ने जानकारी दिएका हुन् | प्रतिनिधि सभा सार्वजनिक लेखा समीति मातहतको उप समितिको बैठकमा मंगलबार मन्त्री अधिकारीले यस बिषयमा जानकारी गराएका हुन् | उनले इयुको कालो सूची पनि छिट्टै हट्ने बताए | 

लामो समयको प्रयासपछि पुन: नेपाल–जापान सीधा हवाई सेवा सञ्चालनका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएपछी नेपालले तयारी गरेको थियो । असारमा नेपाल-जापानबीच यस सम्बन्धमा सम्झौता भई हस्ताक्षर भएको थियो | 


यसअघि नेपाल–जापानबीच १९९३ मा सीधा हवाई उडान गर्ने सम्झौता भएको थियो । त्यस बेलाको सम्झौतामा सातामा ७ वटा जति उडान गरिएको थियो । तर अब भने सम्झौता अनुसार नेपाल-जापानबीच सातामा १४ वटा उडान हुनेछन् । यद्यपि टोकियोमा सबैभन्दा व्यस्त मानिने हानेदा विमानस्थलबाहेक नारिता विमानस्थल र अन्य विमानस्थलबाट हवाई सेवा सञ्चालन गरिने द्विपक्षीय सम्झौता पत्रमा उल्लेख छ ।

नेपाल-जापान सीधा हवाई सेवाले हाल जापानमा ८० हजारको हाराहारीमा रहेका नेपालीहरु र नेपाल घुम्म जाने जापानी पर्यटकहरुका साथै मंगलबार मात्र नेपालबाट कामदार लिने औपचारिक निर्णय लिएको अवस्थामा जापान जाने कामदारले प्रत्यक्ष लाभ लिनेछन् ।  सम्झौतामा सातामा १४ वटा उडान भर्न पाउने हुँदा आफैंमा ऐतिहासिक मानिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा