2026-07-24 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘६ करोड दिन्छौं, तपाइहरुलाई २५%, बाँकी हुण्डी गर्दिनुस्’ – INGO एजेन्ट

पुष १९, काठमाडौँ | ‘६ करोड दिन्छौं, तपाइहरुलाई २५% बाँकी हुण्डी गर्दिनुस्’ यो संवाद कुनै एक INGO मा आवद्ध व्यक्तिले नेपालमै एक गैर सरकारी संस्थालाई राखेको प्रस्ताव हो । यो संवादले नेपालमा एनजीओ/आईएनजीओको अनुगमन नहुँदा देखिएको चरम बेथितिलाई स्पष्ट पार्छ । 

एक स्रोतले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो पटक केहि आईएनजिओले यसरीनै आफ्नो धन्दा चलाईरहेका छन् । विदेशबाट नेपालको सहयोगमा बिभिन्न नाममा आउने फन्डलाई एनजीओमा लगानी गरेको प्रक्रिया पुइर्याई ७५ प्रतिशतसम्म आफैले हुण्डी मार्फत फिर्ता लाने गरिएको भेटिएको छ । स्रोतले भन्छ ‘म नाम चाही खुलाउन सक्दिन, हाम्रो सम्बन्ध बिग्रन्छ, उ मेरो साथि हो । उसले नेपालमा संचालित कुनै पनि संस्थालाई ५/६ करोड दिन तयार छ तर दिएको रकममा ७५% चाही उसैलाई पटक-पटक गरेर हुण्डी मार्फत पठाउनु पर्छ । छुट्टा-छुट्टै शिर्षकमा एउटा प्रपोजल हाल्नुपर्छ, उनीहरुको मौखिक सम्झौता मान्नुहुन्छ भने बजेट शतप्रतिशत पाइन्छ ।’ 

स्रोतका अनुसार सम्झौता मान्ने गैरसरकारी संस्थाले कुनैपनि शिर्षकमा प्रस्ताव पेस गरेर मोटो रकम लिन सक्छ, जसमा २५% मात्र गैरसरकारी संस्थाले कार्यक्रम गरेको खर्च देखाएर बाँकी रकम उसैलाई फिर्ता गर्नुपर्छ । त्यसो भए उसको सर्त मान्ने एनजिओले कसरी काम गर्छ भन्ने हाम्रो प्रश्नमा स्रोत भन्छ -‘एनजीओले काम गरेको जस्तो मात्र देखाउने हो, काम गरेको शिर्षक देखाउने कहिँ-कतै अलि-अलि गरेजस्तो पनि गर्दिने ! अलि बिल-भरपाई बनाउँदा समस्या पर्छ त्यो पनि पैसा दिएर बढाएर बनाउनु भनेपछि भईहाल्छ ।’ 

पछिल्लो समय गैरसरकारी संस्था (एनजिओ)ले नेपालमा गरेको खर्च हरेक वर्ष बढ्दै गएको बताउँदै गर्दा यस्तो खाले बेथितिनै मुख्य कारण हुनसक्ने देखिएको छ । सरकारी निकायबाट यस्ता विषयको अनुगमन हुन नसक्दा वा आफै आर्थिक प्रलोभनमा परेर विदेशबाट आएको पैसाको चर्को दुरुपयोग भएको छ । आर्थिक वर्ष २०७४/७५ मा एनजीओहरुले २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको देखिन्छ । तर २० अर्व रकमले एनजीओहरुले के-के काम गरे भन्ने कुरा गौण छ । 

समाजकल्याण परिषद्ले गराएको जानकारी अनुसार आव २०७४/७५ मा ७ सय २३ एनजीओहरुले २० अर्ब १ करोड ४२ लाख ७३ रुपैयाँ खर्च गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक