२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वर्णलेपन मूर्ति बनाउँदा ‘पारो’को उत्सर्जन दोब्बर

२०७५, २४ पुष मंगलवार ११:१२

भीष्मराज ओझा | पुस २४, काठमान्डौ | स्वर्णलेपन गरिएका हस्तकलाका मूर्ति बनाउने क्रममा अन्य क्षेत्रभन्दा झण्डै दोब्बर मात्रामा ‘पारो’को उत्सर्जन-निष्कासन हुने देखिएको छ । 

वन तथा वातावरण मन्त्रालयले तयार गरेको ‘मीनामाता प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन’ अनुसार सो तथ्य सार्वजनिक भएको हो । प्रतिवेदन प्रमाणीकरण सम्बन्धमा मन्त्रालयले आज यहाँ आयो |

सन् २०१६-१७ लाई आधार मानेर तयार गरिएको उक्त प्रतिवेदनमा नेपालमा विभिन्न क्षेत्रबाट उत्सर्जन÷निष्कासन भई वातावरणमा मिसिन जाने पारोको मात्राको अनुमान गरिएको छ । अन्य क्रियाकलाप (फोहर तथा अस्पतालजन्य फोहर बाल्दा, स्वास्थ्योपचार उपकरण, अनौपचारिक फोहर फाल्ने स्थान, कोइला बाल्दा, खुलारुपमा जलाइने फोहर) बाट भने छ हजार ७९० किलोग्राम पारो उत्सर्जन भएको देखिन्छ । 

उत्सर्जन भएको पारो हावा, पानी र माटोमा मिसिन्छ । जसले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने यस क्षेत्रको विज्ञले जानकारी दिएका छन् । 

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले ‘मीनामाता महासन्धि’ नेपालले अनुमोदन गर्दा परम्परागत रुपमा जीविकोपार्जन गरिरहेका व्यक्तिको पेशामा पर्ने प्रभावबारेमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो । 

परम्परागत पेशामा पारोको प्रयोग भइरहेका क्षेत्रमा यसको विकल्पबारेमा थप अनुसन्धानको खाँचो रहेको बताउँदै उहाँले प्र्रतिवेदनले औँल्याएका धेरै विषय सरकारले सम्बोधन गरिसकेको र बाँकी आगामी दिनमा सम्बोधन हुँदै जाने अपेक्षा गर्नुभयो । सचिव डा ओलीले नेपाल मीनामाता महासन्धि अनुमोदन गर्ने प्रक्रियामा अघि बढेको बताउँदै पारोको व्यवस्थापनमा प्रत्येक नागरिकले आफ्नो घरबाट अभियान शुरु गर्नुपर्ने सुझाव दिनुभयो । 

मानवजन्य गतिविधिका कारण पारो तथा पारोजन्य पदार्थको उत्सर्जनबाट मानव स्वास्थ्य तथा वातावरणमा परिरहेको प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने उद्देश्यसाथ सन् २०१३ मा हस्ताक्षरका लागि खुला गरिएको ‘मीनामाता महासन्धि’ मा नेपालले १० अक्टोबर २०१३ मा हस्ताक्षर गरिसकेको छ । हालसम्म विश्वका १२८ देशले उक्त महासन्धिमा हस्ताक्षर गरिसकेको तथा १०१ देशले अनुमोदन गरिसकेका छन् । 

नेपाल महासन्धि अनुमोदन प्रक्रियामा 

नेपालले पनि सो महासन्धिमा सम्मिलित हुनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । पारो तथा पारोजन्य पदार्थको वास्तविक अवस्था यकिन गरी अभिलेख तयार गर्न एवं उक्त महासन्धिमा सम्मिलित हुन आवश्यक सहयोग गर्न मन्त्रालयमा ‘मीनामाता महासन्धिको प्राथमिक मूल्याङ्कनलाई नेपालमा सामर्थ बनाउने परियोजना’ सञ्चालन गरिएको छ । परियोजनाअन्तर्गत उक्त प्रतिवेदन नौ महीना लगाएर तयार गरिएको हो । 

सहसचिव यज्ञनाथ दाहालले पारो तथा पारोजन्य वस्तु विभिन्न क्षेत्रमा विभिन्न प्रयोजनका लागि प्रयोग भइरहेको अवस्थामा यसको सम्पर्कबाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न सबैले आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्नुभयो । साथै उहाँले स्वर्णलेपन गरिएका मूर्ति तयारीका क्रममा अत्यधिक मात्रामा पारोको प्रयोग भइरहेकाले यस क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी र कामदार पारोको असरबाट मुक्त गर्न विश्वका नवीन प्रविधि लागू गरी परम्परागत पेशा संरक्षण गर्न सकिने बताउनुभयो । 

परियोजनाका राष्ट्रिय संयोजक डा भूपेन्द्र देवकोटाले नेपालमा स्वर्णलेपन मूर्ति बनाउँदा उत्सर्जन हुने पारोको मात्रा गम्भीर रहेको र यसको न्यूनीकरणका लागि सरोकारवाला सबैको सक्रियता र सहयोग आवश्यक रहेको बताउनुभयो । महासन्धि अनुमोदन हुने बित्तिकै पारोको प्रयोग बन्देज नहुने बताउँदै उहाँले महासन्धि अनुमोदनले पारोको उपयोग र व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोग बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनीयर तथा मीनामाता महासन्धिका लागि नेपालका सम्पर्क व्यक्ति विपीन राजभण्डारीले नेपालमा पारो उत्पादन गर्ने उद्योग नभए पनि पारोयुक्त वस्तु तथा उपकरण आयात भई प्रयोगमा आइरहेको बताउनुभयो । उहाँले वातावरणमा पारोको उत्सर्जन भइसकेपछि लामो समयसम्म मौजुदा रहिरहने, पर्यावरणमा जैविकरुपमा घुलमिल भई मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने हुँदा यो रसायनको उचित व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो । 

आयुर्वेद चिकित्सामा संलग्न डा बुद्धिप्रसाद पौडेलले नेपालमा आयुर्वेद औषधि बनाउन पारोको प्रयोग परम्परागत रुपमा हँुदै आएको बताउँदै पारोको प्रयोगलाई निषेध नभई नियमित गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा पारोयुक्त वस्तु थर्मामिटर, रक्तचाप नाप्ने उपकरण, ट्युबलाइट, सिएफएल चिम, कोइला आदि विभिन्न मुलुकबाट आयात भई प्रयोगमा आइरहेका छन् । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ