७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

६ माघ २०७५, आईतवार ०९:०८

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । 

झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम शुरु गर्न अझै केही समय लाग्नेछ । अहिले महानगरले सार्वजनिक शौचालय निर्माण गर्न आवश्यक ठाउँ र बनाउन सकिने नसकिने विषयको अध्ययन थालेको छ । सो अध्ययनका आधारमा काम अघि बढ्ने प्रवक्ता उहाँले जानकारी दिनुभयो । 

अहिले महानगरका केही स्थानमा सार्वजनिक शौचालय रहेपनि ति अत्यन्तै फोहर र दुर्गन्धित छन् । महानगर प्रमुख विद्यासुन्दर शाक्यले शौचालय निर्माणकै लागि गत वैशाखमा सबै वडालाई सार्वजनिक स्थान पहिचान गर्न निर्देशन दिनुभएको थियो । 

प्रवक्ता डङ्गोलले भन्नुभयो, “कामपामा शौचालयको आवश्यकता छ तर कुन कुन स्थानमा निर्माण गर्ने भन्ने यकिन नभएकाले ३२ वटै वडालाई स्थान पहिचान गर्न निर्देशन दिइएको हो ।” वडाबाट सिफारिस आएपछि मात्र महानगरले लागतसहितको डिजाइन तयार गर्नेछ । निर्माणका लागि लागत सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने महानगरको प्रयास हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने ‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’ ‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’ कांग्रेसका शिक्षा विभाग प्रमुख महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए कांग्रेस: शिक्षकसँग सहमति गरिएका विषयहरु सरकारले कार्यान्वयन गर्नु पर्ने गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करले हात्तीको मृत्यु स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु एनआरएन कविता प्रतियोगिताको पुरस्कार घोषणा मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की