२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ महानगरपालिकामा फागुनभित्र ब्रुमर आउने

२०७५, १४ माघ सोमबार ०९:४९

माघ १४, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले आगामी फागुन महीनाभित्र सडक सफा गर्ने ब्रुमर ल्याउने भएको छ । कामपाले आज पत्रकार सम्मेलनमा आगामी फागुन महीनाभित्र ब्रुमर ल्याइसक्ने जानकारी गराएको हो । 

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार रु १२ करोड मा पाँच बु्रमर इटलीबाट ल्याइनेछ । हाल कामपामा प्रयोगमा रहेको एक र मर्मत गनुपर्ने दुई ब्रुमर रहेका छन् । 

कार्यक्रममा मनोहरा खोला आसपासको जग्गा एकीकरणअन्तर्गत नदीको दायाँबायाँ पर्खाल लगाउने काम भइरहेको, उक्त स्थानका ६१ ग्यारेजलाई हट्न निर्देशन दिइएको, कमलपोखरी पुनःनिर्माणको लागि बोलपत्र आह्वान प्रक्रियामा गएको पनि जानकारी गराइएको थियो । 

कामपामा सबै वडा कार्यालयको आफ्नै भवन बनाउन चालू आर्थिक वर्षमा रु २५ करोड बजेट विनियोजन गरिएको छ । वडा नं ६ र ७ को भवन निर्माणाधीन अवस्थामा रहेका र २६, १८ को हालै शिलान्यास भएको छ । वडा नं ४, ८, ९ र १४ को कार्यालय भवन निर्माणका लागि खरीद प्रक्रियामा पुगेको प्रवक्ता डङ्गोलल जानकारी दिनुभयो । 

‘मेयर उज्यालो कार्यक्रम’अन्तर्गत सबै वडाबाट आठ हजार ५०० थान बत्तीको माग भएकामा ६५० थान बत्ती जडान भइसकेको छ । आकाशे पुल निर्माणका लागि चालु आवमा रु १२ करोड बजेट छुट्याइएको छ । दुई स्थानान्तरण गर्न सकिने आकाशे पुलको डिजाइन तयार भइसकेको र निर्माणको चरणमा रहेको छ । 

वडा नं २२ को धर्मपथस्थित कामपाको स्वामित्वमा रहेको जग्गामा पार्किङ स्थल बनाउन बोलपत्र आह्वान गरिएको र आशयपत्र आउनेक्रम जारी रहेको छ । साथै दरबार मार्गमा पनि ‘स्मार्ट पार्किङ’ निर्माण गर्ने योजनामा कामपा रहेको छ । 

विगत छ महीनामा सडक पेटी अतिक्रमण गरी पसल सञ्चालन गर्ने ६७२ जनालाई कारवाही गरिएको, अव्यवस्थितरूपमा राखिएका चार हजार ७५६ मोटरसाइकल नियन्त्रण लिई चालकलाई कारवाही, छाडा चौपाया ९९ व्यवस्थापन, अनधिकृत विज्ञापन ३९ वटा हटाइएको छ । 

त्यसैगरी वडा नं २२, २३, २४ र २५ को सडक छेउमा राखिएका फुटपाथ पसल हटाउनका लािग विशेष पहल शुरु गरिएको छ । शहरलाई सुन्दर बनाउन अव्यवस्थितरूपमा छरिएको तार व्यवस्थापनको काम पनि कामपाले गरिरहेको छ । 

प्रवक्ता डङ्गोलले उपत्यका विकास प्राधिकरण अवश्यकता नरहेको भन्दै प्राधिकरणले स्थानीय तहको अधिकार खोसेको र त्यस विषयमा सरकारसँग क्षलफल भइरहेको जानकारी दिनुभयो ।

काठमाडौँ दृश्यावलोकन स्तम्भ निर्माण कम्पनीले निर्माणको काममा गति नलिएकाले अझै लामो समय यसै गरेमा निर्माणका लागि गरिएको सम्झौता खारेजीका पक्षमा कामपा रहेको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा