2026-10-15 02:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राष्ट्रिय गौरवको भेरी बबई सुरुङ निर्माण लक्ष्य अगावै सकिदै

फागुन २१, सुर्खेत | राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम लक्ष्य अगावै सम्पन्न गरिने भएको छ । आगामी चैत्र महिनाभित्रै सुरुङ निर्माण सक्न तिव्र गतिमा काम भइरहेको हो ।

चार वर्षमा काम सक्ने गरी करिव ३५ महिना अघि सुरुङ निर्माणको काम सुरु गरिएको थियो । हालसम्म आयोजनाको १२.२ किलोमिटर सुरुङमध्य ११.३१४ मिटर सुरुङ खनिएको भेरी–बबई डाइभर्सनका इन्जिनियर हरि खनालले जानकारी दिए । बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजनाले सुरुङ खन्ने कामलाई तिब्रता दिएको छ । चार वर्षमा सुरुङ खनिसक्ने लक्ष्य थियो । तर आयोजनाले तोकिएको अवधिभन्दा एक वर्ष पहिले नै सुरुङ खन्ने काम सक्दै छ । काम सुरु गरेको ३४ महिनामा आयोजनाले ११ किलोमिटर सुरुङ खनेको छ । यो नेपालमै टनेल बोरिङ मेशिन प्रयोग गरिएको पहिलो आयोजना हो । 

आयोजनाले सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको कामअन्तर्गत वाँध र विद्युत गृह निर्माणको प्रक्रिया अगाडि बढाएको आयोजनाका इन्जिनियर खनाल बताउँछन । भेरी नदीमा बाँध बाँधी १२ किलोमिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगी आर्थिक वर्ष ०७८/०७९ सम्म बाँके र बर्दियाको खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पु–याउने तथा हात्तीखालमा विद्युत गृह बनाएर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । 

आयोजना निर्माण अघि आयोजनाको लागत १६ अर्ब लाग्ने अनुमान थियो । तर दुई वर्षको अवधिमा झण्डै ३५ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ । यो लगात हात्तिखालमा विद्युत गृह र चिप्लेस्थित भेरी नदीमा बाध निर्माणसहितको लागत हो । चालु आर्थिक वर्षबाटै विद्युत र बाँधको काम शुरु हुन्छ’ आयोजनका इन्जिनियर खनालले भने, ‘यसका लागि टेण्डर आह्वान समेत भइसकेको छ ।’ तोली खोलाको रिक्स जोन पार गरेपछि सुरुङ निर्माणले तिव्र गति लिएको छ । सुरुङमार्फत मेशीन निस्कने चिप्लेमा हेड समेत निर्माण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता