2026-08-30 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’, रोबर्टबाट उद्घाटन हुने

फागुन २३, सुर्खेत (रासस) | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो । 

‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री र पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न मेलाको आयोजना गरिएको क्यान महासङ्घका कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले जानकारी दिनुभयो । 

“मेलाले कर्णाली प्रदेशको ‘डिजिटल कर्णाली’ बनाउने अवधारणा र लक्ष्य परिपूर्ति दुवैमा सहयोग पुर्याउने हामीले अपेक्षा राखेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “मेलामा स्मार्ट पर्यटनलाई पनि जोड दिइएको छ ।” सूचना र प्रविधिमा आएका नवीनतम उत्पादनलाई मेलामा प्रदर्शन गरिने उहाँको भनाइ थियो । 

सूचना तथा सञ्चार प्रविधिको बृहत् प्रदर्शनी हुने ‘क्यान इन्फोटेक मेला’ रोबर्टबाट उद्घाटन हुने क्यान महासङ्घका सुर्खेत अध्यक्ष प्रेमप्रकाश चन्दले जनाउनुभयो । अध्यक्ष चन्दले आइटी सेमिनार, नेपाली वैज्ञानिकले निर्माण गरेको रोबर्टलगायत विभिन्न प्रविधिजन्य सामग्री तथा उपकरणको प्रदर्शन हुने बताउनुभयो । 

“इन्फोटेक मेलाभित्र आइसिटी कन्फ्रेन्स, आइसिटी वर्कसपहरु, डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषय सेमिनार सञ्चालन हुनेछन्”, अध्यक्ष चन्दले भन्नुभयो, “त्यस अवधिभर कम्प्युटर, ल्यापटप र प्रिन्टरको निःशुल्क मर्मत सेवाका साथै सामान खरीदमा पाँचदेखि ५० प्रतिशतसम्म छुट दिइने र टाइपिङ प्रतिस्पर्धासमेत गराइनेछ ।” 

त्यसैगरी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, हरेक दिन लक्की ‘ड्र’ बाट एकलाई ‘रारा भिजिट’, १० लाई एन्टिभाइरस निःशुल्क उपलब्ध गराइने जनाइएको छ । मेलाले समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई समेत सहयोग पुग्ने र यहाँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्या–पर्यटनको प्रवद्र्धन हुने विश्वास गरिएको क्यान महासङ्घले जनाएको छ । 

इन्फोटेक मेला फागुन २४–२८ गते पाँच दिनसम्म सञ्चालन हुनेछ । कर्णालीमा पहिलोपटक आयोजना हुनलागेको सूचना, सञ्चार प्रविधिको यो ठूलो प्रदर्शनीमा १० वटै जिल्ला गरेर एक लाख दर्शकले अवलोकन गर्ने र रु ३६ लाखको कारोबार हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने